काठमाडौं - कसैलाई आफ्नो तौल बढाउनु छ त कसैलाई हाइट । कसैलाई मोटोपना घटाउनु छ । कोई जिममा आफ्नो बडी बनाउनका लागि आफ्नो डाइटलाई नियन्त्रण गरिरहेका छन । कोही एक्सरसाइज नगरेर मोटा भइरहेका छन । यसकारण सबै जानकारी प्राप्त गर्नका लागि डाइट एक्सपर्टको सल्लाह लिनु जरुरी छ ।
व्यक्तिको हाइट उसको वंशानुगत गुणमा भर पर्छ । बंशानुगत गुणले जब हाम्रो उचाई बढाउन बन्द गर्छ त्यतीबेलादेखि नै हामी बढ्न छोड्छौ । सामान्यतया २० वर्षको उमेरपछि हाम्रो उचाई बढ्दैन । यदि तपाई आफ्नो हाइट बढाउनका लागि सिरियस हुनुहुन्छ भने तपाईले कडा मिहेनत गर्नुपर्छ ।
एक्सरसाइज तथा डाइटको सही सन्तुलनबाट तपाईले सकारात्मक परिणाम पाउन सक्नुहुन्छ । राम्रो खानाले तपाईको हड्डि बलियो हुन्छ र सजिलैसँग बढ्न सक्छ । योगा गर्नाले पनि हाइट बढाउन सकिन्छ । यसले तपाईको मसल्समा लचीलोपना आउछ । याद राख्नुस कि योग सही तरिकाबाट गर्न धेरै जरुरी हुन्छ ।
हरेक बिहान दिन दुधमा गुण मिसाएर सेवन गर्नुहोस। ध्यान राख्नुस्, दूध मनतातो हुनुपर्छ र गाईको हुनुपर्छ। भैसी र बाख्राको दुध प्रयोग नगर्नुहोला। गाईको दुधमा क्याल्सियमको मात्र धेरै हुन्छ। त्यसबाहेक यसमा प्रोटिन पनि अत्यधिक मात्रामा हुन्छ। हाइट बढाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ।
यो (दुध र गुणको घोल) सेवन गर्दा हरेक दिन बिहान खालीपेट सेवन गर्नुपर्छ। खासगरी गुणमा ग्लूकोजको मात्रा अधिक हुन्छ, जसले हड्डीहरुलाई बढाउन सहयोग गर्छ। साथै दुधमा जस्तै यसमा पनि क्याल्सियम पनि पाईन्छ। अईरन र कपर पनि शरीर बढाउने ग्रन्थीको लागि आवस्यक पर्छ जुन गुणमा भरपुर मात्रामा पाइन्छ।
तर कुनै मानिसहरुलाई गुण खानाले गर्मी हुन्छ। यदि तपाईमा पनि यस्तो समस्या छ भने बिहान गण मिसाएको दुध खाइसकेपछी दिउसो एक कचौरा दहि खान सक्नुहुन्छ। यस्तो गर्नाले शरीरमा गर्मीको समस्या हुँदैन। समरण रहोस, हाईट बढाउने यो तरिकारउपाए ३५ वर्षसम्मका व्यक्तिहरुले अपनाउन सकिन्छ। किनकी, यो उमेरअवधि पछी हाईट बढाउन सम्भव छैन।