टाउको दुख्ने तथा माईग्रेनको समस्या :
हर्मोनको उचारचडावका कारण टाउको दुख्ने तथा माईग्रेनको समस्या हुनसक्छ । कतिपय पिल्सहरुले शरीरमा एस्ट्रोजनको लेभल घटाइदिन्छ जसले टाउको दुख्ने समस्या सुरु हुन्छ । यदि तपाँई तपाँईमा यस्तो समस्या आएको छ भने तत्काल चिकित्सकलाई देखाउनुस र खाइरहेको पिल्सहरु बदल्नुपर्छ ।
लठ्याउन सक्छ :
यदि तपाईलाई पिल्स खाएपछि लठ्ठ पारेको जस्तो महसुस हुन्छ भने बेलुका खाना खाने बेलामा वा सुत्ने बेला भन्दा पहिले प्रयोग गर्नु उचित हुन्छ । पिल्स खाँदा जहिले पनि एउटैसमयमा खानु राम्रो हुन्छ । यसले कम साइडइफेक्ट हुने बताइन्छ ।
स्तन सुन्निनु वा कडापन आउनु :
पिल्सको प्रयोग गर्ने महिलाको स्तनमा कहिलेकाहि सुन्निने तथा कडापन आउन सक्छ । तर यस्तो समस्या केही समय पछि हराएर जानसक्छ । यो हुनुको कारण हर्मोनमा देखिने गडवडी नै हो ।
यस्तो बेलामा कफी तथा नुनको मात्रा घटाउनु राम्रो हुन्छ । त्यस्तै सपोर्टवाला ब्रा लगाउन राम्रो हुन्छ । तर यदि छाती दुख्छ , सास लिन गाह्रो हुन्छ भने तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।
महिनावारीका बेला असामान्य किसिमले रगत जाने :
पिल्स लिएको दुई वा तीन महिनाको बीचमा महिलाको महिनावारीका बेला असामान्य रुपमा रगत बग्छ।
हर्मोन बढाउने पिल्स लिदा पाठेघरमा एन्डोमेट्रियलको लाइनिङ कमजोर भई झर्न सक्छ जसका कारण असामान्य रुपमा रगत बग्न शुरु हुन्छ । तर तपाइले पिल्स लिइसकेपछि पाँच दिनसम्म तथा सो भन्दा बढी दिनसम्म रगत बगिरहेमा डाक्टरको सल्लाह लिनु पर्छ ।
तौल बढ्छ :
पिल्सको खाएको हप्ता महिनादिन पछि नै शरीरको तौल बढदै जान्छ । तर यो वाटर रिटेन्सनको कारणले हुने गर्छ पछि हराएर जान सक्छ । गर्भ रहन नदिनका लागि भन्दै पिल्समा अत्यधिक मात्रामा एस्ट्रोजन राखिएको हुन्छ । जुन तौल बढाउने काम गर्छ । यसले खासगरि महिलको जाँघ, हिप तथा स्तन बढेको देखिन्छ ।
योनीमा इन्फेक्सन :
बढी पिल्स प्रयोग गर्ने महिलामा योनी दुख्ने पाल्ेन तथा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यो रोग त्यस्ता महिलामा अझ बढी हुन्छ जो महिलामा मधुमेह छ । चिनी तथा रक्सीको अत्यधिक सेवन गर्नेमा पनि इम्युन सिस्टम कमजोर हुन्छ ।
मुडमा परिवर्तन :
पिल्सको असर शरीरिक रुपमा मात्रै होइन कहिले काही मानसिक रुपमा पनि देखिन्छ । कहिलेकाँही डिप्रेसनको बाटोमा समेत लैजानसक्छ । किनकी सिन्थेटिक हार्मोनले मस्तिस्कको नसामा असर गर्छ । यदि तपाँईको घरमा कसैलाई डिप्रेसन छ भने अरुलाई पनि हुनसक्छ । त्यसैले डाक्टरलाई सबै कुरा भन्नुपर्छ ।
आँखाको ज्योतिमा परिवर्तन :
त्यो महिला जसले सुरु देखिनै चस्मा लगाउछिन् , उनले गर्भनिरोधक चक्की पिल्स खाँदा आँखामा असर पर्न सक्छ । हर्मोृनको कारणले आँखाको डील सुनिन्छ सक्छ । जसले समस्या हुन्छ।
यौन इच्छामा कमी :
कतिपय महिलाहरुमा पिल्सको सेवनले यौन इच्छामा समेत कमी देखिन्छ । यो हर्मोन बढाउने चक्की भएकोले टेष्टोस्ट्रोनको उत्पादन रोक दिन्छ । यसले यौनजीवनमा समेत असर पर्छ । कहिलेकाही सेक्सको समयमा दुखाई समेत हुन्छ ।