काठमाडौं । गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो । चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै । कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ ।
तपाईंलाई नै हुन सक्छ, गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन् । कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ । गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ । कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ ।
कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ । किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ ।
कसरी बच्ने पायल्सबाट ?
गर्भवस्थामा पायल्स हुने संभावना त धेरै हुन्छ । यद्यपी यसबाट बच्न नसिकने होइन । पायल्सको समस्याबाट छुटकारा पाउनु भनेको कब्जियतको अवस्था आउन नदिनु हो ।
–यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ । नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।
–चिया वा क्याफिनको सेवन नगर्ने ।
–फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।
–पर्याप्त मात्रामा फल र सब्जी खाने ।
–तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।
–नियमित व्यायाम गर्ने ।
–जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।
–दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।