एजेन्सी । विशेष गरेर ५ वर्षमुनिका बालबालिकालाई निमोनियाको संक्रमण सबैभन्दा बढी हुनेगरेको पाइन्छ । यो उमेरसमुहका बालबालिकाको मृत्युको पहिलो कारक पनि निमोनिया नै हुने गरेको छ ।
निमोनिया फोक्सोमा हुने एक प्रकारको संकमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने लगायतका समस्या देखा पर्छन । कतिपय अवस्थामा निमोनियाले मृत्यु पनि हुन सक्छ ।
यसको रोकथाम तथा मृत्यु घटाउन के गर्ने ?
१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने । त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने ।
२. नियमित खोपहरु लगाउने ।
३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने ।
४ धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने ।
निमोनियाको उपचार शिघ्र र सही औषधीबाट गर्नु पर्दछ । यसले निमोनियाबाट हुने मत्युलाई रोक्छ । कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पुर्याउन जरुरी छ ।
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरूमा निमोनिया हुने सम्भावना बढी हुन्छ । खाना पकाउँदा निस्कने घरभित्रको धुँवा र धूम्रपान गर्दा निस्कको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
यस्ता हुन्छन् निमोनियाका लक्षणहरू ?
–ज्वरो आउने
–शरीरमा काँढा उम्रने र कम्पन आउने
–छिटो छिटो सास फेर्ने
–श्वास फेर्न कठिन हुने
–श्वास लिँदा र छोड्दा अस्वभाविक आवाज आउने
–कोखा हान्ने
–झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्री चुस्न नसक्ने
–धेरै सूति रहने वा ब्युँझाउन गाह्रो हुने
–नाकबाट सिँगान बग्ने
–खोकी लाग्ने