एजेन्सी । मौसम परिवर्तन हुँदा मानिसको मुड पनि परिवर्तन हुन्छ । अध्ययनले के पनि भन्छ भने जाडो मौससमा अन्य मौसमको तुलनामा यौनको इच्छा पनि बढी हुन्छ । तर, जाडोमा चिसो लाग्न सक्ने हुनाले सेक्सका क्रममा पनि केही सावधानी भने अपनाउनुपर्छ ।
क्षणिक सन्तुष्टिका लागि मात्रै नभई मानव जीवनचक्रको लागि यौन आवश्यक पनि छ। तर यौनसम्पर्क गर्दा ध्यान दिइएन भने ठूलो खत्तरा पनि हुन सक्दछ । कतिपयले यौन सम्बन्धबाट चरम सुख प्राप्त गर्न भन्दै पुरुषको यौनांगमा नरिवलको तेल लगाउने गर्छन् । तर, जाडो मौसममा नरिवलको तेल लगाउन नहुने स्वास्थ्यकर्मीहरू बताउछन् ।
एक शोधका अनुसार नारिवको तेलमा कोमेडोजेनिक गुण हुने गर्छन् अर्थात यो थोरै मात्र चिसोमा जम्न सक्छ। यस्तोमा यदि यौनक्रियाको दौरान यसको प्रयोग गर्ने हो भने यो योनी भित्रै जम्न सक्छ जसले संक्रमणको जोखिम बढ्छ।
अर्को कुरा जाडो मौसममा नरिवल तेलको पत्र महिलाको यौनांगभित्र जमेको खण्डमा त्यसलाई बारम्बार धुँदा पनि नजाने हुन्छ। यस्तो अवस्थामा यो अझै खतरनाक हुन सक्छ।
त्यस्तै नरिवलको तेलमा एंटीमाइक्रोबियल गुण हुने गर्दछ अर्थात् यसले ब्याक्टेरियाहरूलाई मर्ने गर्दछ। तर यौनांग भित्रको वातावरणलाई स्वस्थ बनाइराख्न थुप्रै ब्याक्टेरियाहरूको उपस्थिति अनिवार्य हुने गर्दछ। यस्तोमा नारिवलको तेलले राम्रा ब्याक्टेरिया पनि मारिदिने हुँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
जाडो लागेपछि कतिपय मानिसहरु कम नुहाउछन् । यसले तपाइको पार्टनरमा नराम्रो भाव उब्जाउछ । त्यसकारण नियमित सरसफाइमा ध्यान दिनुपर्छ । अझ थप रोमाञ्चकताका लागि आफ्नो पार्टनरलाई पनि बाथटबमा पार्टनर बनाउनु राम्रो हुन्छ ।
प्रायः मानिसहरू जाडो सुरू भएपछि अन्य मौसमभन्दा बढी पिउने गर्छन् । बरू त्यसको सट्टा चुम्बन र अंगालोले जाडो भगाउने कोशीस गरे फाइदाजनक हुनुको साथै दुईबीचको प्रेम थप गाढा हुन्छ ।