काठमाडौं । केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ ।
मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमिता, छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि मानिन्छ ।
केरा सेवनबाट तत्कालै उर्जा मिल्छ । त्यही भएर जोकोहीले पनि कमजोरी महशुस गर्ने वित्तिकै केरा खान सल्लाह दिन्छन् । खानासँगै वा खाजाको रुपमा केरा सेवन गर्न सकिन्छ । केरामा पोटासियमको मात्रा धेरै हुने हुँदा यसले रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ । केराले हड्डी बलियो मात्र बनाउँदैन डिप्रेसनबाट मुक्त गर्छ ।
मासिक धर्म अगाडि पेट दुख्ने, टाउको दुख्ने र निराश हुने समस्याबाट पीडित हुनेहरुले औषधिभन्दा केरा सेवन गर्दा फाइदा हुन्छ । केरामा हुने भिटामिन बी ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । नियमित केरा सेवनबाट दिमाग सधैं तेजिलो राख्न सकिन्छ ।
कब्जियत भएकाहरुले नियमित केरा खाँदा यो रागबाट छुटकरा पाउन सक्छ । काम गर्न मन लाग्दैन वा दिक्क लागिरहन्छ भने केरा सेवन गर्नुपर्छ । यसले मुड फ्रेस बनाउँछ र कामप्रति जाँगर बढेर आउँछ । यतिमात्र नभएर मादक पदार्थ सेवन पछि ह्यांओभर हटाउन केरा सेवन गर्दा निकै फाइदा हुन्छ ।
केरा खाने उत्तम समय
-बिहान व्यायाम गरेपछि
-राति कहिले पनि हुन्न
-खाना खानुअघि वा पछि हुन्न
-दूध खानुअघि वा पछि हुन्न
-बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ ।