काठमाडौं । थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ।लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म ६ सेन्टीमिटरसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।
शरीरका कुनै पनि अंगमा रोग लाग्नु भनेको त्यो अंगका कोषिकाहरू अशक्त हुनु हो। हाम्रो शरीर थुप्रै अंगहरु मिलेर बनेको हुन्छ। हरेक अंगका आफ्नै प्रकारका कोषिकाहरू हुन्छन्। कोषिकाहरू अशक्त भन्नाले सुन्नीनु, रक्त सञ्चालन कम हुनु, अक्सीजन र खाद्य पदार्थको कमी हुनु’ र संक्रमण हुनु तथा चोट लाग्नु हो।
त्यो कोषिका पुनः सशक्त भएर सक्रिय रुपले काम गर्न लेजर विकिरणले मद्धत गर्छ। यसले शुन्नीएको घटाउने,रक्त सञ्चालन कम भइरहेको छ भने नलीहरु खोल्दिने बाटो बन्द छ भने उक्त रक्तनली खुलाउने काम गर्दछ ।
कुनै पनि कोषिकाहरू अशक्त हुन थाल्छ भने यो विकिरणले ती कोषिकाहरुलाई सशक्त बनाउँछ। एउटा कोषिका सशक्त भएपछि उसले पहिला जे काम गरेको थियो त्यो काम पुनः गर्न सकेपछि त्यहाँ सामान्य अवस्था हुन्छ।
निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ ।
हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउनु हो। यसले ४.६ सेन्टिमिटर भित्र गएर कोषिकाहरुलाई छालाको बाहिरीबाट विकिरण दिएर निको गर्दछ।
विकिरणबाट कसरी गरिन्छ घुँडा खिइएको उपचार
शुरुमा त बिरामीलाई के भएको छ भनेर रोगको पहिचान गर्न धेरै आवश्यक हुन्छ त्यसकारण बिरामीले कुनैपनि अंग दुख्यो भनेर आएपछि हामी आवश्यकता अनुसार एक्सरे वा एमआरआइ गर्न पठाउछौं यो सबै रिर्पोटको आधारमा कुन अंग बिग्रेको छ वा के मा असर गरेको छ पहिचान गर्नु पर्छ । बिग्रिएको मुख्य भागमा लेजर विकिरण दिनु पर्छ यदि त्यसको वरपरको भागलाई पनि असर गरेको छ भने त्यसमा पनि लेजर विकिरण दिन आवश्यक हुन्छ ।
लेजर विकिरण छालाको माथिल्लो भागबाट दिइन्छ यो विकिरण छालाको ४ देखि ६ सेन्टी मिटर भित्र सम्म जान्छ ।
यस सम्बन्धि समस्या कति पुरानो हो र कति दुखेको छ भनेर थाहा पाएपछि मात्र कति पटक लेजर विकिरण दिने भन्ने कुरा थाहा पाउँन सकिन्छ । जति छिटो बिरामी अस्पताल आउँछ त्यति नै कम विकिरणको डोज दिनु पर्ने हुन्छ । भने बिरामी जति ढिलो अस्पताल आउँछन् रोग पुरानो हुँदै गएपछि विकिरणको डोज पनि लम्बीदै जान्छ।
बर्षौदेखि घुँडा खिइएको भने छ जहाँ उपचार गरेपनि सन्चो भएको छैन भने त्यस्ता व्यक्तिलाई ३ देखि ५ वटा कोर्स पुरा गर्नुपर्ने हुन्छ । पहिलो कोर्स २० (२० दिन र पछिल्लो कोर्स १० ( १० दिन गरेर पाँच बटा कोर्स पुरा गरेपछि रोग ९० देखि १०० प्रतिशत नै निको भएको पनि छ ।