काठमाडौं । हुन त आँखामा साधरणतय संक्रमण हुने गर्छ । समान्य उपचारमा निको पनि हुन्छ । तर, हेलचेक्राई गरियो भने अन्धोपनको संकट झेल्नुपर्ने हुनसक्छ।
खासमा आँखाको संक्रमण व्याक्टेरिया, भाइरस तथा फंगसको कारण हुन्छ । आँखाको संक्रमण आँखाको विशेष भागमा हुनसक्छ । यसले एउटा वा दुवै आँखालाई प्रभावित पार्न सक्छ । आँखाको संक्रमणमा एक मात्र होइन, अनेकन लक्षण देखिन्छ ।
जस्तै, आँखा सुन्निनु, आँखा चिलाउनु, आँखा रातो हुनु, आँखा दुख्नु, आँखाबाट पानी आउनु।यस्तो समस्याबाट छुटकारा पाउने सजिलो विधी पनि छ, आँखाको सरसफाई । नियमित रुपमा हात धोएर, तथा चिसो पानीले निरन्तर आँखालाई सफा गरेर पनि आँखाको संक्रमण हुनबाट जोगाउन सकिन्छ ।
आई ड्रप्स तथा एन्टीबायोटिकको प्रयोगद्वारा आँखाको संक्रमणको उपचार गर्न सकिन्छ ।सजिलै उपचार हुन्छ भनेर हेलचेक्राई भने गर्नुहुन्न । यदी आँखाको संक्रमणमा उचित ख्याल गरिएन भने त्यसले जटिल समस्या ल्याउन सक्छ । जस्तो, आँखा धमिलो हुने, आँखा मुनी कालो दाग देखिने । कतिसम्म भने, यसले अन्धोपनको अवस्थामा समेत पुर्याउन सक्छ ।
आँखाको संक्रमणको लक्षण ?
आँखाको संक्रमण भएमा यस्ता लक्षण देखा पर्ने गर्छ
-आँखाको परेला छोएमा दुखाई महसुस हुनु
-परेला सुन्निनु, रातो वा व्याजी रङको हुनु
-आँखाबाट पहेलो वा हरियो रङको पदार्थ निस्कनु
-आँखा वरिपरि चिप्रा जम्नु
-एउटा वा दुवै आँखामा फोहर जम्नु
-आँखा धमिलो हुनु
-आँखा वरिपरि गाँठो बन्नु
आँखामा समस्या भएमा के-कस्ता समस्या आइलाग्छन् ?
आँखा सम्बन्धि समस्या वा संक्रमण भएमा केही गम्भीर समस्या निम्तन सक्छन् ।
-रेटिना क्षतिग्रस्त हुने
-सिफलिस लगायतका केही समस्या पनि ग्लूकोमाको कारण बन्न सक्छ ।
-क्लैमाइडियाको संक्रमणलाई त्यसै छोडेमा यसका कारण बाझोपना वा हृदयलाई क्षतिग्रत हुने लगायतका समस्या पैदा हुनसक्छन् ।
-अर्विटल सेलुलाइटिस भएमा परेलाको टिस्यूमा संक्रमण हुनसक्छ, जुन आफैमा आकस्मिक अवस्था हो । र , यसलाई समयमै उपचार नगरेको खण्डमा संक्रमण तिव्र गतिमा फैलिन सक्छ ।