काठमाडौं । रगतमा चिनीको मात्रा सामान्यभन्दा बढि रहने अवस्था नै व्यक्तिलाई ‘मधुमेह’ रोग अर्थात् ‘सुगर’ लागेको अवस्था हो । जसलाई समयमै नियन्त्रण नगरिएको खण्डमा परिणाम स्वरुपः व्यक्तिमा गम्भीर खालका स्वास्थ्य जटिलताहरु निम्तिने सम्भावना उच्च रहन्छ ।
तसर्थ मधुमेहका प्रत्येक बिरामीेले आफुले खान हुने र नहुने खानाको विषयमा आवश्यक जानकारक रहि सोहि अनुरुप खानामा नियन्त्रण गर्नुपर्दछ ।
स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्त राख्न मद्दत गर्दछ । जसकारण व्यक्ति आफुले खान हुने वा नहुने खानाको सम्बन्धमा जानकारक रहनु पर्छ । यदि तपाई मधुमेहको बिरामी हुनुहुन्छ, भने यस आर्टिकलले तपाईलाई तपाईले खान नहुने खानाबारे उचित जानकारी प्रदान गर्न मद्दत गर्छ ।
१. चिनीयुक्त गुलिया पेय पदार्थ
कृत्रिम गुलियो पेयपदार्थ मधुमेहका बिरामीले खानै नहुने हानिकारक खानामध्ये एक हो ।पेय पदार्थमा चिनीको मात्रा अत्याधिक रहने भएकाले मधुमेह बिरामीका लागि यसको सेवन उचित मानिदैन । तसर्थ मधुमेहका बिरामीे सक्दो यस प्रकारको गुलियो पेयपदार्थको सेवनबाट टाढै रहनु पर्छ ।
२. होल मिल्क
अन्य दुधको तुलनामा ‘होल मिल्क’ मा फ्याट तथा क्यालोरीको मात्रा अधिक रहन्छ । यसप्रकारको दुध सेवनले व्यक्तिको तौल बढाउँदै व्यक्तिलार्ई मोटोपनतर्फ डोर्याउन मद्दत गर्छ ।
विभिन्न अध्ययन अनुसन्धानका अनुसार, मोटा मानिसहरुमा मधुमेह तथा अन्य स्वास्थ्य समस्याको जटिलता उच्च रहन्छ ।
तसर्थ व्यक्तिले होल मिल्कको पिउने आफ्नो यस बानीलाई हटाई फ्याटको मात्रा कम भएको वा सकेसम्म स्किम दुध(फ्याट तथा केहि क्यालोरीको मात्रा हटाइएको) दुधको सेवन गर्नुपर्छ ।
३. मकै
मकै एक फाइबर, भिटामिन एवम् मिनरल्सयुक्त खाद्य हो । स्टार्चको मात्रा अधिक रहने भएकोले मकैले रगतमा चिनीको मात्रालाई प्रोत्साहन गर्छ । जसकारण पनि मधुमेह बिरामी मकै सेवनबाट टाढै रहनुपर्छ ।
यद्यपि मधुमेहका बिरामीले के बुझ्नुपर्छ भने, यी समूहले पनि चिकित्सकको सल्लाहअनुसार मकैको केहि मात्रा भने अवश्य उपभोग गर्न सकिन्छ ।
४.ट्रान्स फुड
शरीरमा फ्याटको मात्रालाई बढाउने खाना अवस्थकर खाना हुन् । यद्यपि यस्ता खानाले मधुमेहका बिरामी९चिनीको मात्रा०लाई प्रत्यक्ष रुपमा असर नगर्ने भएपनि यी खानाले व्यक्तिको मुटुमा सूजन गराउने वा मुटु एवम् धमनीसम्बन्धि गम्भीर प्रकृतिका अनेकौ समस्याहरु उत्पन्न गराउँछ ।
५ . प्याक गरिएका मिट
यस प्रकारका खानाहरुलाई पहिल्यै बचाउ गरी पहिल्यै तयार अवस्थामा राखिएका हुन्छन् । यी खानामा पनि स्याचुरेटेट फ्याट एवम् सोडियमको मात्रा उच्च रहन्छ । तसर्थ दिउँसो खाजाको रुपमा प्रयोग गरिने यस्ता उच्च फ्याटयुक्त खानाहरु खानुभन्दा घरमै बनाइएका मासुका केहि टुक्राहरु खानु नै उपयुक्त रहन्छ ।
६ .मह
हामीलाई थाहा छ, महमा चिनीको मात्रा उच्च रहने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन । तर, यसको अर्थ मधुमेहका बिरामीले मह खान छोड्नुपर्छ भन्ने होइन । यद्यपि अन्य खानाको मात्रासंग मिलाएर भने यसको सेवन अवश्य गर्न सकिन्छ ।