प्रकृतिमा पाईने धेरै खानेकुराहरु रहेका छन् जसको नियमित सेवनले तपाईको छालामा प्राकृतिक रुपमा चमक ल्याउन सकिन्छ।
किबी:
निकै स्वादिलो फलको रुपमा रहेको किबीमा भिटामिन सिको मात्रा पर्याप्त मात्रामा हुने गर्छ। यो फलको नियमित सेवनले मुहारमा चमक ल्याउनुका साथै अनुहारमा रहेका खराव वा नष्ट भएका छालाहरुलाई हटाएर नयाँ आउन लागेको छालाको स्याहारमा बिशेष भुमिका निभाउछ।
ओखर:
ओखर छालाको लागि निकै गुणकारी खानेकुरा मानिन्छ । यसको दैनिक सेवनले छालालाई नरम बनाउनुका साथै प्राकृतिक रुपमा सुन्दर पनि बनाउछ । ओखरलाई खानुका साथै यसलाई पिधेर धुलो बनाएको पाउडरलाई फेसप्याकको रुपमा लगाउदा पनि यसले फाइदा गर्छ । यसलाई छालामा लगाउदा स्क्रबको काम गर्छ।
डार्क चकलेट:
पश्चिमी मुलुकमा छालामा चमक ल्याउनका लागि चकलेट खाने चलन रहेको छ । अझ गाढा खैरो रंगको चकलेट छालाको लागि गुणकारी मानिन्छ । यसको नियमित सेवनले रक्तसंचारलाई राम्रो बनाएर मुहारको छालामा चमक ल्याउने काम गर्छ।
अण्डा:
अण्डामा प्रोटिनको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो प्रोटिनले छालालाई धेरै नै फाइदा गर्छ । अण्डावाट प्राप्त भएको प्रोटिनले छालामा हुने चाउरीपनलाई रोक्नुका साथै छालामा चमक पनि ल्याउने काम गर्छ।
पालुंगो:
छालाको चमकका लागि हरियो सागपात निकै लाभदायक मानिन्छ । यसमा पनि पालुंगोको साग अझ राम्रो हुन्छ । पालुंगोको सागमा भएको पोषक तत्वले बढ्दो उमेरमा छालामा आउने परिवर्तनहरुलाई रोक्ने काम गर्न मद्धत गर्छ । सधै सुख्खा छाला हुने ब्यक्तिले आधा गिलास पालुंगोको रसमा थोरै कागतीको रस हालेर पिउदा छालाको धेरै किसिमका समस्याहरु हटेर जान्छ । साथै पालुंगोलाई तरकारी, सुप र सलादको रुपमा खादा पनि छालालाई धेरै नै फाइदा गर्छ।
ब्रोकाउली:
ब्रोकाउलीमा रहेको भिटामिन सि, तामा र फलामको गुणले छालामा देखा पर्ने धेरै किसिमका समस्याहरुलाई हटाउछ । ब्रोकाउलीमा रहेको एण्टीअक्सिडेन्टले बढ्दो उमेरमा देखापर्ने समस्याहरुलाई पनि समाधान गर्ने गर्छ।