काठमाडौं - शरीरभित्रका हड्डी विभिन्न कारणले भाँचिन सक्छन् । अक्सर चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँच्चिने गर्छ ।
हड्डी भाँचिदैमा आत्तिइहाल्नुपर्ने त हुँदैन, तर हेलचेक्राई गरे यसले जटिल समस्या निम्त्याउँछ । भाँच्चिएको हड्डी जोडिन केही समय लाग्छ । यसले शरीरमा विभिन्न किसिमको बदलाव आउने गर्दछ ।
हड्डी भाचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुने कारणले हड्डीमा धेरै दवाव परेमा भाँच्चिने गर्दछ ।
ओस्टियोपोरोसिस, हड्डीको क्यान्सर, आस्टियोजेनेसिस इम्परफेक्टा लगायतका अन्य कुनै मेडिकल समस्या भएमा पनि हड्डी कमजोर भएर भाँचिने गर्दछ । त्यसबाहेक, प्याथोलोजिकल फ्याक्चरको कारणले गर्दा पनि हड्डी भाचिन सक्दछ ।
बोन फ्याक्चर कैयौ प्रकृतिका हुन सक्छन् । जसमध्ये यी प्रमख हुन् :
सामान्य फ्याक्चर: शरीरको कुनै भागको हड्डी दुई टुक्रा हुनु सामान्य फ्याक्चर हो ।
खुला वा कम्पाउन्ड फ्याक्चर: अत्याधिक दवाव पर्दा हड्डीको कुनै भाग बाहिर निस्कने गर्दछ । त्यसबेला यसलाई खुला वा कम्पाउन्ड फ्याक्चर भनिन्छ ।
क्लोज फ्याक्चर: हड्डी भाँचिएता पनि बाहिरको भाग जस्ताको तस्तै रहेमा त्यसलाई क्लोज फ्याक्चर भनिन्छ ।
स्पाइल फ्याक्चर: कुनै मेसिन वा वस्तुका कारण हड्डी बाङ्गएिमा यसलाई स्पाइरल फ्याक्चर भनिन्छ ।
कम्प्रेसन फ्याक्चर: जब कुनै भारी वस्तु वा गाडीले हड्डीलाई कुल्चिन्छ वा थिचिन्छ भने त्यसलाई कम्प्रेसन फ्याक्चर भनिन्छ ।
कमिन्युटेड फ्याक्चर: शरीरको कुनै हड्डी तीन वा सोभन्दा बढी भागमा भाच्चिएमा त्यसलाई कमिन्युटेड फ्याक्चर भनिन्छ ।
ट्रान्सभर्स फ्याक्चर: शरीरको कुनै भागको हड्डी स-साना भागमा टुक्रिन्छ भने त्यसलाई ट्रान्सभर्स फ्याक्चर भनिन्छ ।
एवल्सन फ्याक्चर: कुनै कारणवस शरीरको मांसपेशी हड्डीबाट अलग भएमा लिगामेन्ट च्यातिएमा पनि त्यसलाई एवल्सन फ्याक्चर भनिन्छ ।
तनाव फ्याक्चर: जब शरीरको कुनै हड्डीमा अत्याधिक मात्रामा दवाव पर्ने गर्छ, वा सो हड्डीको उपयोग एकै किसिमको कामको लागि गरिन्छ भने त्यतिबेला अत्याधिक तनावका कारण पनि हडुडी भाँचिने वा फ्याक्चर हुने गर्दछ ।
यस्ता छन् लक्षण
व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, चोटको गम्भीरता तथा कुन हड्डीमा चोट लागेको छ भन्ने कुराले पनि यसको लक्षण निर्धारण गर्दछ । यसकै आधारमा हड्डीको वरपरको भाग सुन्निनुका साथै उक्त भागमा असह्य पिडा हुने गर्दछ ।
शरीरको कुनै पनि अंग भाँच्चिएमा त्यसबाट कुनै किसिमको आवाज निस्कन सक्छ । विशेषगरी हात तथा खुट्टाकाे कुनै भाग भाच्चिएमा उक्त अंग असामान्य तरीकाले बाङ्गनिे, मोडिने वा अन्य परिवर्तन देखिन्छ ।
त्यस्तै, भाच्चिएको भाग निलो हुनुका साथै त्यहाँबाट रगत बग्न सक्छ । अझ उक्त भागमा कम्पाउण्ड फ्याक्चर भएको छ भने हड्डी शरीरबाट बाहिर आउन सक्छ, र त्यस ठाउँमा ठूलो घाउ देखिन सक्छ ।
यस्ता फ्याक्चर भएमा उक्त भागलाई नहल्लाई राख्नु पर्दछ ।
हड्डी भाचिनुको प्रमुख कारण
– चोटपटक
– दुर्घटना
– उचाईबाट खस्नु
– खेलकुद
हड्डी भाँच्चिएमा शरीरको उक्त भागमा विभिन्न खालको बदलाव आउन सक्छ । जुन यस प्रकार छन् ः
कैलस भाचिनु
हड्डी भाँचिएमा नरम कैलस कडा कैलसमा परिणत हुने गर्दछ । कैलस जति मजबुत भए पनि ह्डडी जस्तो हुँदैन । फ्याक्चरभएको हड्डी ३-४ हप्तापछि मजबुत हुन थाल्छ । हड्डीलाई पुनः विकास हुन केही समय लाग्ने गर्दछ । यो हड्डी भाँचिने र त्यसको आकारमा निर्भर गर्दछ ।
सुन्निनु
हड्डी भाँचिएमा प्रतिरोधी क्षमताले उक्त अंग सुुन्निने गर्दछ । हड्डी ठिक हुनका लागि पनि उक्त भाग सुन्निन जरुरी छ । टिस्यू, बोनम्यारो र रगतले स्टिम सेललाई फ्याक्चर भएको ठाउँ भर्नमा मद्दत गर्दछ । जसका कारण शरीरको भाँच्चिएको भाग पुन जोडिन सुरु हुन्छ ।
हिमेटोमा बन्नु
हड्डी भाँचिदा शरीरमा रगतको ढिक्का जम्मा हुन सुरु हुन्छ, जुन क्रमश हड्डीको नजिक एकत्रित हुने गर्दछ । जसलाई चिकित्सकीय भाषामा हिमेटोमा भन्ने गरिन्छ । हिमेटोमा थोरै समयको लागि हुन्छ र प्रोटिन सरह काम गर्छ ताकि भाँच्चिएको हड्डी छिट्टै जोड्न सकियोस् ।
रक्तकोषिका टुक्रनु
शरीरको कुनै पनि अंगको हड्डी भाचिएमा उक्त ठाउँबाट सबैभन्दा पहिले रगत बग्ने -व्लिडिङ्ग हुने) गर्दछ । यस्ता व्लिडिङ्ग हड्डी वरिपरि रक्तकोषिका टुक्रनाले हुने गर्दछ ।
रोकथाम के ?
हड्डी कमजोर भएमा सजिलै भाँच्चिने गर्दछ । त्यसलै, हड्डीलाई मजबुत राख्नका लागि अपनाउन सकिने उपाय यस्ता छन् ः
घामको किरण
शरीरमा भएका प्रत्येक हड्डीलाई स्वस्थ राख्न दूध, दही, पानी, घ्यु,गाढा हरियो सागसब्जीका साथमा पर्याप्त मात्रामा क्याल्सियमको आवश्यकता पर्दछ ।
र, क्याल्सियमलाई अवशोषित गर्नका लागि शरीरलाई पर्याप्त मात्रामा भिटामिन ‘डी’ को आवश्यकता पर्दछ । विहानीपखको घामको किरणमा कम्तीमा दश मिनेट उभिदा मात्र पनि शरीरमा पर्याप्त मात्रा भिटामिन डीको पुर्ति हुन सक्छ । त्यस्तै, अण्डा तथा माछाको सेवनले पनि शरीरमा भिटामिन ‘डी’ को पुर्ति गर्दछ ।
शारीरिक गतिविधि
शरीरलाई स्वस्थ राख्न नियमित व्यायाम जरुरी छ । नियमित व्यायाममा विशेषगरी वेटलिफ्टिङ्गको एक्सरसाइज प्रभावकारी हुन्छ । यसले हड्डीलाई मजबुति प्रदान गर्नुका साथै शरीरलाई सुगठित बनाउन सहायता प्रदान गर्दछ ।
त्यसबाहेक, नाचगान, खेलकुद इत्यादीले हड्डीलाई मजबुती प्रदान गर्ने हुदाँ नियमित रुपमा व्यायाम शरीरको लागि फाइदाजनक मानिन्छ ।
रजनोवृत्ति
एस्ट्रोजेनले क्याल्सियमको थोपालाई नियन्त्रित गर्न सहायता प्रदान गर्दछ । विशेषगरी रजनोवृत्तिको क्रममा शरीरमा क्याल्सियमको मात्रा कम हुने गर्दछ । परिणामस्वरुप, रजनोवृत्ति पश्चात्त महिलाहरुको हड्डी कमजोर हुने भएकाले यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।
के गर्ने ? के नगर्ने ?
-भाचिएको ठाउँलाई सर्पोट दिन उक्त भागलाई चलाउनु वा हल्लाउनु हुँदैन । भाच्चिएको हड्डीलाई धेरै चलाएमा उक्त भाग पुन जोडिनमा समस्या उत्पन्न हुनसक्छ । त्यस्तै, त्यसबीचको नशासमेत भाचिन सक्दछ ।
-हड्डी भाच्चिएमा त्यसको चारैतिर पत्रिकाले बेरेर कुनै काठ वा अन्य कडा वस्तुले त्यसलाई बाँधेर सपोर्ट दिनुपर्छ ।
-काँधको हड्डी भाचिएमा कुनै कपडा, लुगा वा सलले सहारा दिनु पर्दछ ।
-यदी हड्डी भाचिएर शरीरबाट बाहिर निस्कएमा त्यसलाई संक्रमणबाट बचाउन कपडाले ढाक्नुपर्दछ ।
उपचार अनेक
माथि नै भनियो, भाँच्चिएको हड्डी जोडिनलाई निश्चित समय लाग्छ । यो आफैमा प्राकृतिक प्रकि्रया भएकाले पनि धेरैजसो यो आफै जोडिने गर्दछ । तर कहिलेकाही हड्डी जोडिएको छ कि छैन भनेर सुनिश्चित गर्नका लागि उपचार जरुरी छ ।
यसका लागि चिकित्सकहरुले हड्डीको प्लास्टर गर्न सुझाव दिने गर्दछन् । त्यस्तै, प्लेट वा पेच राखेर पनि भाचिएको हड्डीलाई राम्ररी जोड्न सकिन्छ ।
त्यसबाहेक, भाचिएको ठाउँमा स्टिल राखेर, भाँचिएको भागको थेरापी गरेर तथा शल्यक्रिया गरेर समेत यसकेा उपचार गर्न सकिन्छ ।
सम्भावित जटिलता
हड्डी भाँचिएमा शरीरमा विभिन्न जटिलता उत्पन्न हुनसक्छन् । त्यसमा पनि विशेषगरी, भाँचिएको हडुडी गलत तरीकाले जोडिन सक्ने, हड्डीको विकास रोकिन सक्ने तथा बोन म्यारोमा संक्रमण हुनसक्छ ।
यसबाट बच्नका लागि पनि विरामीले तुरुन्तै अस्पताल गएर चिकित्सक सँग परामर्शमा एन्टीबायोटिक्सको साथमा अन्य औषधि-उपचार गर्न जरुरी छ ।