काठमाडौं । विं सं २०७४ को निर्वाचन पछि १० जना स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका ८ जना मन्त्रीहरु देशका विभिन्न क्षेत्रबाट पराजित भए । तीन पटक स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेल महोत्तरी १ बाट चुनावमा उठेका थिए । उनी सीताराम भण्डारी प्रतिष्पर्धामा थिए ।
कैलाली क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी माओवादी केन्द्रका नेता तथा पूर्व कृषिमन्त्री गौरीशंकर थारुसँग पराजित भएका हुन्। स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी पद्मा अर्याललाई नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले पराजित गरेका हुन्। गुरुङले ३१ हजार ४६६ मत पाउँदा अर्यालले २५ हजार ८३९ मत पाएकी छन् ।
पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मेडिकल व्यवसायी सुनिलकुमार शर्मासँग पराजित भएका छन् । उनी २५८९५ मत पाएर उनी पराजित भएका हुन् । विजय भएका शर्माले ४८६३१ मत ल्याए ।
जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी २ बाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका छन् । राउतसँग यादव १८०६३ मतान्तरले पराजित भएका हुन् ।अध्यक्ष राउतले ३५०४२ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले १६९६९ मत ल्याएका थिए ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभा उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ कांग्रेसका मोहन बस्नेतसँग ११ हजार ८७४ मतान्तरले पराजित भएका हुन् ।
बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा तामाङले २७ हजार ४९३ मत प्राप्त गरेका थिए । चितवन क्षेत्र २ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३४ हजार १६२ मतान्तरले पराजित भएका हुन्।
लामिछानेले ४९ हजार २६१ मत पाएर विजयी हुँदा श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन्।
मकवानपुर क्षेत्र नम्बर २ बाट एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमालेका महेश बर्तौलासँग पराजित भएका हुन् । खतिवडाले ३० हजार ३९६ मत ल्याएका छन् भने बर्तौलाले ३४ हजार ९१६ मत पाएका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री हुन् हृदयेश त्रिपाठी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा थिए। उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पराजित गरेका हुन्। चौधरीले पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गरेका हुन्। चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन्।