काठमाडौं । आँखामा समस्या हुँदा डिमेन्सिया अर्थात बिर्सने रोगको खतरा बढ्ने देखिएको छ । आँखाको समस्याले पनि बिर्सने रोग लाग्ने गरेको देखिएको छ।
चीनको गुआंगडोङ एकेडेमी अफ मेडिकल साइन्सका अध्ययनकर्ताका अनुसार उमेर बढेसँगै सुरु हुने आँखाको बिमारीको सम्बन्ध व्यक्तिको घट्दो स्मरणशक्तिसँग जोडिएको हुन्छ।
धेरै मानिसहरूले डिमेन्सियालाई अल्जाइमर भनेर बुझ्ने गरेका छन् । यी शब्दहरूलाई पर्यायवाचीका रूपमा प्रयोग गरेको पाइन्छ। डिमेन्सियामाथि व्यक्त गरिएको लक्षणहरूको रोग हो भने त्यसको मुख्य कारण भनेको अल्जाइमर नै हो।
झट्ट सुन्दा नमिले पनि हामी चिकित्सकले अल्जाइमर शब्दमात्र सुन्दा पनि यो स्मरणशक्तिसँग सम्बन्धित रोग बुझ्छौँ । वास्तवमा एलोइस अल्जाइमर एक व्यक्तिको नाम हो, जसले आजभन्दा १०० वर्ष पहिले यो रोग पत्ता लगाएका थिए। धेरै चर्चामा नभएको यो रोगले सन् ६०–७० दशकमा भने विकसित राष्ट्रमा व्यापक चर्चा पायो ।
अध्ययनकर्ताका अनुसार जो व्यक्तिको आँखाको रोशनी घट्छ, उनीहरूको स्मरणशक्ति पनि घट्दै जानेछ । अध्ययनमा ५५ देखि ७३ वर्षका १२ हजार ३ सय ६४ व्यक्तिलाई सामेल गराएर आँखा र मष्तिष्कको यो सम्बन्धबारे बुझिएको थियो।
अध्ययन प्रतिवेदनअनुसार उमेर बढेसँगै हुने आँखाको समस्याले स्मरणशक्ति पनि घटाउने गरेको देखायो । मेकुलर डिजेनेरेसनका बिरामीमा डिमेन्सियाको खतरा २६ प्रतिशतले देखिएको प्रतिवेदनामा उल्लेख छ । मोतिबिन्दू भएका बिरामीमा ११ प्रतिशत र डायबिटिज र आँखाको समस्या एकैपटक भोरिरहेकामा ६१ प्रतिशतसम्म डिमेन्सियाको खतरा रहेको छ ।
यस्तै, ब्रिटिश जर्नल अफ आप्थ्याल्मोलोजीमा प्रकाशित एक प्रतिवेदनका अनुसार बेलायतमा हरेक वर्ष करिब ६५ वर्ष उमेरका ५० प्रतिशत व्यक्ति मोतिबिन्दूको शिकार हुने गरेका छन् । ४० हजार व्यक्ति मेकुलर डिजेनेरेसन आँखाको समस्यासँगै डायबिटिज, मुटुरोग, स्ट्रोक या डिप्रेशनबाट गुज्रिरहेका व्यक्तिमा डिमेन्सियाको खतरा झनै बढी हुन्छ ।
अध्ययनका अनुसार मेकुलर डिजेनेरेसन, मोतिबिन्दू र डायबिटिजसँग सम्बन्धित आँखाको समस्या भएकामा पनि डिमेन्सियाको खतरा धेरै हुन्छ । यतिबेला संसारभर नै डिमेन्सियाको समस्याको ग्राफ बढ्दो छ । वासिङ्टन युनिभर्सिटीका वैज्ञानिकहरूले सन् २०५० सम्म दुनियाँभर डिमेन्सियाका बिरामी तीन गुणाले बढ्ने अनुमान गरेका छन ।
सो अध्यान अनुसार यस्तो अवस्थामा बिरामीको संख्या बढेर १५ करोड भन्दा धेरै हुनेछ । यतिबेला डिमेन्सियाका सबैभन्दा धेरै मामिला इस्टर्न, सब सहारा अफ्रिका, नर्थ अफ्रिका र मिडल इस्टमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष डिमेन्सियाको एक करोड केस सार्वजनिक हुन्छन् । अमेरिकी वैज्ञानिकको नयाँ अध्ययन अनुसार यसबारे सचेतना बढाएर सन् २०५० सम्ममा यसको ६०.२ लाख मामिला रोक्न पनि सकिन्छ ।
सन् २०१९ सम्म डिमेन्सियाका बिरामीको संख्या ५ करोड भन्दा बढी थियो। आगामी तीन दशकमा यो आँकडा १५ करोडसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
डिमेन्सिया हुनबाट रोक्न के गर्ने ?
– दैनिक आठ घण्टा सुत्ने
– मोटोपन, सुगर, रक्तचापलाई कन्ट्रोल गर्ने
– दिनमा ६ कप भन्दा बढी कफी सेवन नगर्ने
– सुडोकु खेल्ने
– हप्ताको ५ दिन शारिरीक कसरत गर्ने