काठमाडौं । दिसा निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।
भोक लागेको बेला नखाने, आवश्यक भन्दा ज्यादा खाने, गरिष्ठ भोजन, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन,जंकफूड, बट्टाबन्द र संरक्षित खाद्यान्न खाइरहनेहरुलाई पाचन सम्बन्धी समस्या हुन्छ । यहि समस्याले पछि कब्जियत निम्त्याउँछ ।
अस्वस्थ्यकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निस्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेहरुलाई कब्जियत हुनसक्छ । साथै पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियतको जोखिम हुन्छ ।
लक्षण
दिसा त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु,
दिसा त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु,
दिसा कोमल नभएर गोटा पर्नु,
पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु,
रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु
के हुन्छ ?
कब्जियत सामान्य, अहत्वपूर्ण तथा बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरुको जननी मानीएको छ ।
कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौ लामो समय सम्म आन्द्रामा मल रहीरहँदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ ।