काठमाडौं । जाडो मौसम शुरु भइसकेको छ। जाडोमा विभिन्न खालको रोगले सताउँछ। यो मौसममा विशेषगरी बुढाबुढी, बच्चा, रोगी, गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने हुन्छ ।
रसायन पदार्थबाट प्रशोधन नगरिएको र उखु, खजुर, ताड आदिको रस पकाएर बनाएर जमाएको पदार्थ नै सख्खर हो।जाडोको मौसमा सख्खरको सेवन एकदमै राम्रो मानिन्छ, यसलाई गुड पनि भनिन्छ। यो गुणैगुणले भरिपूर्ण छ। यसको नियमित सेवनले चिसोको कारण हुने रोगहरुबाट बच्न सकिन्छ।
सख्खरले छिट्टै पच्ने, शरीरमा रगत बढाउने र भोक जगाउने काम गर्छ। यसमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम, फलाम, तामा, ग्लुकोज जस्ता तत्व पाइन्छ । जसले गर्दा यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
स्वर भास्सिनुः सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ।
दमः सख्खर र कालो तिलको लड्डु खाँदा जाडोमा दम बढ्न दिँदैन।
रुघाखोकी र कफ जम्नुः रुघाखोकी र कफ जमेमा सख्खर पगालेर खाँदा फाइदा हुन्छ।
कान दुखेमाः सख्खर र घिउ मिलाएर खाँदा कानको दुखाई ठिक हुन्छ।
ग्यास्ट्रिकः खाना खाइसकेपछि सख्खर खाएमा पेटमा ग्याँस जम्मा हुन पाउँदैन्।
जन्डिसः पाँच ग्राम अदुवा, दश ग्राम सख्खर खाँदा जन्डिसलाई फाइदा पुग्छ। सख्खरको हलुवा खाँदा स्मरण शक्ति पनि बढ्छ।
महिलाको तल्लो पेट दुख्ने कमः सख्खरको नियमित सेवनले महिनावारीको समयमा हुने पेट दुखाईको समस्या ठिक हुन्छ। शरिरमा आइरनको मात्रा पनि बढाउँछ ।
मांसपेशको दुखाइः शरिरको मांसपेशीको दुखाइ पनि कम हुन्छ, साथै सख्खरको सेवनले थकान पनि हराउँछ।