काठमाडौं । अदुवालाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएको पाइन्छ । यसलाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा पनि प्रयोग गर्न सकिन्छ।
रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।जुस र तेल जुनसुकै रुपमा पनि प्रयोग गर्न सकिन्छ।
तर विभिन्न यस्ता केहि रोग वा समस्या भएकाहरुले अदुवा खानु नहुने चिकित्सकहरु बताउँछन् ।
१. अदुवा खादा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन ।
२ .पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।
३. महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।
४. उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।
५ .गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । गर्भवती भएको पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।
६. तौल बढाउन चाहनेले पनि अदुवा खानु हुँदैन ।
७ . औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ