काठमाडौं - पाठेघरको बाहिरी भाग (योनी) जुन हामी बाहिरबाट हेर्छौ तेस्मा सुरुवातमा घाउ जस्तो हुन्छ अनी तेस्लाई वास्ता गरेन, रेगुलर चेकअप गराएन भने त्यो बिस्तारै बिग्रिदै गएर क्यान्सर को रुप लिन्छ। यसलाई नै पाठेघरको मुखको क्यान्सर भनिन्छ।
महिलामा हुने क्यान्सरमा स्तनपछि दोश्रो प्रमुख क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । विश्वमा प्रतिवर्ष अन्दाजी ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ भने अन्दाजी २ लाख महिलाहरुको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा प्रतिवर्ष कति महिलालाई यी रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक छैन ।
खास यो ४० देखी ५० बर्षको उमेरको महिलामा देखिने रोग हो। तर आजकल यो कम उमेरको महिलामा पनि देखिन थालेको छ। आहिले त यो रोग २०/३० बर्षको महिलाहरुमा पनि देखिरहेको छ।
८० प्रतिशत पाठेघरको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारणले हुने गर्दछ । भने बाँकी २० प्रतिशत यि कारणले हुने गर्छ ।
बाल विवाह गर्दा महिलाको शारीरिक बनावट परिपक्व नहुनुको साथै रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले क्यान्सर हुने जोखिम हुन्छ ।
एक भन्दा बढि व्यक्तिसँग यौन सम्पर्क गर्दा पनि यो रोग बढ्दै गइरहेको छ। श्रीमर्ती श्रीमानले एक भन्दा बढि व्यक्तिसँग यौन सम्बन्ध राखेमा यो रोग लाग्ने सम्भाबना बढि हुन्छ ।
धेरै वटा बच्चा जन्माउने र धुम्रपान गर्ने महिलामा पनि यो रोग लाग्ने जोखिम हुन्छ
पाठेघर क्यान्सर भएको सहज रुपमा पत्ता लगाउन सकिन्छ त्यसका लागी समय समयमा परिक्षण गराउनुपर्ने हून्छ ।
बच्ने उपाय
यो रोगबाट बच्नलाई दुई दुई बर्षको अन्तरालमा प्याप स्मेयर परिक्षण गराउनुपर्छ ।
यो क्यान्सरबाट जोगिन ह्युमन प्यापिलोमा भाइरस बिरुद्धको खोप लगाए जोगिन सकिन्छ । यो सुईको मोटामोटी ६ देखी ७ हजार पर्न जान्छ। यो छ महिनमा ३ पटक प्रयोग गर्नुपर्छ। आज सुई लगायो भने आजको २ महिनपछी अर्को सुई लगाउने र तेस्को ४ महिनापछी अन्तिम सुई लगाउनु पर्छ । यो सुई नौ बर्षको उमेर देर्खिनै दिन मिल्छ। सेक्स लाईफ सुरु हुनु भन्दा अगाडि दिएको झनै राम्रो हुन्छ । येदि सेक्स लाईफ सुरु भैसकेको छ भने ४५ बर्ष सम्म पनि यो सुइ दिन मिल्छ।
म के भन्छु भने दाइजो कम दिनु तर यो सुई दिनुहोस् भन्छु तर कसैले पनि यि कुरामा वास्ता गर्दैनन् ।
सरसफाईमा ध्यान दिनुपर्छ । हरेक दिन कट्टु फेर्ने, तल्लो भाग सधैं सफा र सुक्खा राख्ने गर्नुपर्छ ।
महीनावारी हुँदा टालोको प्रयोग नगर्ने
धुम्रपान नगर्ने
यसो गर्दा यसलाई हामीले केही हदसम्मा रोक्न सक्छौ
(वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्योति अग्रवालसँगको अन्तर्वातामा आधारित )