काठमाडौं । चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउन चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
उनीहरूले सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन् । लाज मान्ने हुँदा शुरुवाती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी पुग्दैनन् ।
पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन् । समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिनेगरेको उनले बताइन् ।
“पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्” उनले भनिन्, “लाज नै यसको मुख्य कारण हो ।”सानै उमेरमा विवाह गर्ने चलनले कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जँचाउन लाज मान्ने गरेको उनले सुनाइन् । विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने उनको सुझाव छ ।
वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत छ । “गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्” जौगैराकी माया चेपाङले भनिन्, “म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ ।” अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको उनले बताइन् ।सानै उमेरमा विवाह गर्ने चलनले कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जँचाउन लाज मान्ने गरेको उनले सुनाइन् । विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने उनको सुझाव छ ।
वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत छ । “गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्” जौगैराकी माया चेपाङले भनिन्, “म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ ।” अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको उनले बताइन् ।
सङ्घीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा चेपाङका लागि पोषण कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाको बुझाइ छ । सबै निकायको सहकार्य र स्थानीयस्तरमा नियमित सचेतनामूलक गतिविधिले मात्र परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । रासस