काठमाडौं । डिप्रेसन जो कोहीलाई हुनसक्छ । धनी गरिब, वयस्क-बच्चा, पुरुष- महिला । यसमा अहिलेको हाम्रो जीवनशैली जिम्मेवार छ।
जीवनशैलीले हाम्रो जीवनमा धेरै सकारात्मक कुराहरु ल्याएको छ भने साथसाथै नकारात्मक कुराहरु पनि आएका छन् । व्यस्त जीवनशैली, आफ्नो परिवारको लागि समय नहुनु, भावनाको कमि, सामाजिक सञ्जालमा अल्भिmरहनु जस्ता अनेक कुराले ठुला सँगसँगै स-साना बालबालिकालाई पनि असर पारेको छ । प्रतिस्पर्धात्मक सोचाइका कारण आजभोलि मानिस आफ्नो स्वास्थ्यमा ध्यान नै दिदैनन् । यसको साथै काम र पढाईमा प्रेसर बढ्नुको कारणले पनि युवाहरु डिप्रेसनको शिकार हुन थालेका छन्।
डिप्रेशनको मुख्य कारण काम, पढाईको तनाव, धेरै भन्दा धेरै पैसा कमाउने इच्छाहरु आदि हुन्। डिप्रेशनका कारण धेरैले आफ्नो ज्यान समेत गुमाएका छन् । त्यसैले यहाँ डिप्रेशन कसरी बढ्छ र यसलाई कसरी कम गर्ने भन्ने बारेमा केही जानकारीहरु उल्ल्ोख गरिएको छ ।
के हो डिप्रेशन ?
हरेक व्यक्ति कुनै न कुनै कारणले गर्दा उदास हुनु सामान्य कुरा हो । तर, धेरै समयसम्म उदास रहिरहने हो भने त्यो डिप्रेशनको संकेत हो भनेर बुझ्दा हुन्छ । डिप्रेशन एउटा त्यस्तो मानसिक विकार हो, जसको कारणले मानिसलाई केही पनि रमाइलो लाग्दैन । उसलाई आफ्नो जीवनमा दुःख बाहेक केही छैन भन्ने लाग्न थाल्छ । यस्तो सोचाईका कारण उसले बाच्ने कुनै आधार नै पाउँदैन ।
महिलाहरुमा बढि डिप्रेशन
विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार डिप्रेशनको सम्भावना पुरुषभन्दा महिलालाई बढि हुन्छ । अहिलेको आधुनिक समयमा महिलालाई घर-परिवार सँगसगै करियर र अन्य जिम्मेवारीहरु हुन्छन् । अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरको काम गर्छन्, जसको कारण उनीहरुलाई आराम गर्ने समय हुँदैन । महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो, जसको कारण महिला डिप्रेशनको शिकार बन्न पुग्छन् ।
डिप्रेसनबाट छुटकारा कसरी पाउने ?
तनावलाई आफूमाथि हावी हुन दिनु नै पेनिक अट्याकलाई निम्तो दिनु हो। यसबाट बच्नका लागि मानिसहरूसँग भेटघाट गर्ने, सामाजिक कार्यक्रममा सहभागि हुने, नयाँ(नयाँ ठाउँ घुम्ने, र आराम गर्ने समय निकाल्नु पर्छ।
डाक्टरसँग सरसल्लाह परामर्श लिने।
तनाव महसुस भएमा आरामसँग एक ठाउँमा बसेर गहिरो स्वास लिने।
चिसो पानी पिउने ।
धुम्रपान तथा मद्यपान सेवन नगर्ने।
निन्द्रा तथा अन्य औषधीको प्रयोग नगर्ने।
साथीभाइहरूसँग प्रसस्त समय बिताउने।
मनका कुरा साथीहरूमाझ राख्ने।
एकान्तमा अर्थात एक्लै नबस्ने।
सकरात्मक कुराहरू हेर्ने सुन्ने बानिको विकास गर्ने।
नियमित समयतालिका अनुसार सुत्ने तथा आराम गर्ने।
आठ घण्टाभन्दा कम सुत्ने मानिसहरूमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको पाइएको छ। जस कारण प्रसस्त मात्रामा सुत्नुपर्छ।