एजेन्सी । जीरा एक यस्तो मसाला हो जसको प्रयोगबिना सायदै कसैको भान्सा पूरा हुन्छ होला । जीरा बिना कुनैपनि परिकारको स्वादलाई कल्पना पनि गर्न सकिँदैन । मसालाको रुपमा प्रयोग हुने जीरालाई अचार, तरकारी वा सुप लगायतमा प्रयोग गर्ने गरिन्छ । जीराको धूलो र गेडा दुबै प्रयोग हुन्छ ।
तर, मसालको रुपमा चिनिने जीरा स्वास्थ्यका लागि कतिको फाइदाजनक छ भन्नेबारे सायदै सबैलाई थाहा हुन सक्छ । आज हामी तीनै जीराको फाइदाबारे चर्चा गर्दैछौं । आयुर्वेदीय औषधिको रुपमा प्रयोग हुने जीरामा विभिन्न स्वास्थ्यवद्र्धक गुणहरु हुन्छ । जसले तपाईंको तौल नियन्त्रण गर्नेदेखि विभिन्न रोगको संक्रमणबाट जोगाउने काम गर्छ ।
जीरा पानीको नियमित सेवनले हुने फाइदाः
उमालेर खाली पेटमा सेवन गर्नाले तौल कम गर्न मद्दत गर्छ ,
शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ,
पाचन प्रक्रियालाई स्वस्थ राख्ने काम गर्छ,
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतलाई पनि बढाउने काम गर्छ,
यसमा एन्टीअक्सिडेन्टस पर्याप्त मात्रामा हुन्छ रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ,
रक्त अल्पत्ताको समस्यामा पनि सहयोगी हुन्छ ,
छालालाई चम्किलो बनाउने काम गर्छ ,
मधुमेह भएका बिरामीका लागि फाइदाजनक तनाव कम गर्छ स्मरण शक्ति बढाउने काम गर्छ