काठमाडौं । खनिज तत्व र नुन आदिबाट मृगौलामा बनेकोे ढुङ्गा जस्तो कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ । हुन त मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीका ती सबै कारक तत्वहरू मध्ये मूख्य मानिएको छ।
यसर्थ मृगौलाको पथ्थरीको रोकथाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ। विशेषत: यो रोग केहि हदसम्म वंशानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ। पत्थरीका विरामीले कस्तो खानेकुरा खाने भन्नेबारे डा हेमराज कोइराला यस्तो भन्छन् ।
के खाने ?
१. प्रसस्त पानी
पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ।
२. नरिवल पानी
पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ।
३. हरियो मकैको चीया यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।
४. जौ को मांड
जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।
५. भुईकटहरको रस
भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ।
६. पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन।
७ . बदाम
बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।
८. कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।
९. गहतको झोल
गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ।
१० करेला
करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।
११ गाँजर
यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ।
के नखाने
मृगौलाको पत्थरी भएकाहरूले के के नखाने भनेर थाहा पाउनु भन्दा पूर्व पत्थरी कस्तो किसिमको हो भनेर जन्नु पर्ने हुन्छ। मृगौलाको पत्थरी विशेषतः चार प्रकारका छन।
१. क्यालसियम अक्जेलेट पत्थरीः
२. क्यालसियम फस्फेट पत्थरीः
३. यूरिक एसिड पत्थरीः
४. सिस्टिन पत्थरीः
क) क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने
यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसापमा निहित क्यालसियम संग अक्जेलेट मिलेर अघुलनशिल क्रिष्टल बनाए पछि हुने गर्दछ। क्यालसियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमा पाईने गर्दछ।
यी मध्ये क्यालसियम हाम्रो शरीरका लागि चाहिने तत्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन। यसर्थ क्यालसियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यत उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निशेध वा कम गर्नु पर्दछ । यसै गरि शरीरमै अक्जेलेट बन्न मद्यत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नु पर्ने हुन्छ।