काठमाडौं - प्राय महिलाहरुमा देखिने समस्या मध्येको एक समस्या सेतो पानी बग्ने पनि हो । कहिलेकाहीँ कारणविना नै सेतो पानी बग्छ भने, कहिले क्यान्सर जस्तो रोग पनि लाग्न सक्ने सम्भावना हुन्छ ।
सेतोपानी बग्ने समस्या पनि धेरै प्रकारका हुन्छन् । जस्मा फिजियोलोजिकल नर्मल कुनै रोग संक्रमण नभईकन आउने पानीलाई फिजियोजिकल भनिन्छ । फिजियोलोजिकल कहिलेकाहि मात्रै हुन्छ महिलाहरु सेतो पानी बग्ने बित्तिकै तर्सिन्छन् तर के कारण कुन रोगले यस्तो समस्या भएको भन्ने कुरा प्रस्ट हुनु पर्छ ।
महिलाहरुमा सेतो पानी बग्ने समस्या कुनै रोगले मात्र नभएर शरीरमा हर्मान परिवर्तन वा तलमाथि भएको समयमा पनि सेतो पानी बग्ने गर्छ । कसैलाई इन्फेक्सनका कारणले प्रकृतिका किसिमको पानी समेत बग्ने गर्छ । किशोर अवस्थामा किशोरीहरुमा १२/१३ बर्षको हुदानै अण्डा उत्पादन हुने गर्छ , त्यही अण्डासयबाट हर्मान बढी झर्ने भएकोले त्यो समयमा सेतो पानी बग्छ , त्यस्तै, दूध खुवाउने आमा पनि सेतो पानीस् बग्छ । साथै यौनसम्पर्क राख्दा र एचआईभी भएको महिलाहरुमा पनि सेतोपानी बग्ने समस्या देखापर्छ र परिवार नियोजनका विभिन्न साधन प्रयोग गर्नेहरूमा पनि यस्तो खाले समस्या देखिन्छ । त्यसैले यस्ता साधनहरुको प्रयोग गर्दा सावधानी अपनाउन जरुरी हुन्छ ।
रोगले गर्दा बग्ने सेतोपानीका लक्षणहरु
सेतोपानी दही जस्तो बगेमा रोगले गर्दा ।
रगत मिसिएको छ भने क्यान्सर हुनसक्ने ।
पहेलो बगेमा पाि कुनै पनि रोगले गर्दा हुन सक्ने ।
( प्रसूति तथा स्त्रीरोग विभाग त्रिभुवन विश्व विद्यालयका प्रध्यापक डा. पदम राज पन्तको सहयोगमा )