एजेन्सी। आँखा शरीरको कति महत्वपूर्ण अंग हो भन्ने यसमा कुनै समस्या आउनेवित्तिकै थाहा हुन्छ। आँखामा सानो समस्या हुँदा पनि निकै गह्रो हुन्छ । यति महत्वपूर्ण आँखाको हेरचाहमा हामीले पनि ध्यान दिनु जरुरी छ । सामान्य लापरवाहीले पनि आँखा कमजोर बन्न सक्छ। आँखा कमजोर हुँदा आँखा दुख्ने, आँशु आउने, टाउको दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन्।
आँखा कमजोर हुनुको कारण, लक्षण र उपचारका उपायहरूबारे यहाँ चर्चा गरिएको छ।
आँखा कमजोर हुनुका कारणहरू
वंशाणुगत
आँखा कमजोर हुनुमा एउटा प्रमुख कारण वंशाणुगत पनि हो । परिवारमा कसैको आँखा कमजोर भए सन्तानमा पनि हुने संभावना बढी हुन्छ । त्यसैले वंशाणुगत समस्या भएको परिवारमा आँखामा समस्या आउँदा निरन्तर चिकित्सकसँग जचाउनु पर्छ र आँखाको विशेष ख्यल राख्नु पर्छ ।
पोषक तत्वको कमी
पोषक तत्वको अभावमा पनि आँखा कमजोर हुने संभावना हुन्छ । त्यसैले दैनिक खानपानमा पोषक तत्व अनिवार्य समावेश हुनुपर्छ । पोषक खाना समग्र स्वास्थ्यकै लागि आवश्यक पर्छ । आँखाको लागि विशेषगरी भिटामिन ए भएका खानेकुरा खानुपर्छ ।
कम्प्युटर र मोबाइलकाे बढी प्रयोग
आजभोलि मानिसको अधिकांस समय कम्प्युटर र मोवाइलको स्क्रिनमा वित्ने गर्छ । लामो समय स्क्रिनमा विताउँदा आँखालाई हानी गर्छ र कमजोर बनाउँछ।त्यसैले कम्प्युटर वा मोबाइल प्रयोग गर्दा बीच बीचमा आँखालाई आराम दिनुपर्छ । यसो गर्दा आँखालाई आराम भएर केही राहत हुन्छ । साथै क्रिनि टाइम घटाएर आँखाको सुरक्षा गर्नुपर्छ।
पानीको कमी
पर्याप्त पानी नपिउने गर्दा पनि आँखा कमजोर हुनसक्छ । आँखा र समग्र स्वास्थयका लागि पानी पर्याप्त पिउनु उचित हुन्छ। शरीरमा पानी कम हुँदा आँखा सुख्खा हुने, आँखामा पानी आउने, आँखा पोल्ने जस्ता लक्षण देखिन सक्छ।
धुम्रपानको आदत
मदिरा र धुम्रपान सेवन गर्नेहरुको पनि आँखा कमजोर हुनसक्छ । आँखा स्वस्थ राख्नका लागि मदिरा र धुम्रपानबाट टाढा रहनु उचित हुन्छ । मदिरा र धम्रपानले आँखामात्र नभएर विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउँछन्।
आँखा रातो हुने, धमिलो देखिने, आँखा सुख्खा हुने, निरन्तर आँखा चिलाउने, टाउको दुखीरहने, उज्यालोमा हेर्न नसक्नेजस्ता समस्या भए आँखा कमजोर भएको हुनसक्छ । यी लक्षण देखिएमा चिकित्सलाई देखाउनु पर्छ।