काठमाडौं । धेरैले चुकन्दरलाई सलादको रुपमा मात्रै प्रयोग गरिन्छ। तर के तपाईलाई बहुगुणी चुकन्दरको पातको फाइदाबारे पनि थाहा पाइराखाै। चुकन्दरको फल मात्रै होईन यसको पातहरु पनि एकदम गुणवान हुन्छन्। महिलाहरुमा देखापर्ने रक्तअल्पनाको समस्या होस् वा अरु पोषक तत्वको कमी त्यसप्रकारका समस्यामा चुकन्दर अति उपयाेगि हुन्छ।
चुकन्दरको प्रयोगले शरीरमा हुने रगतको कमिलाई पूरा गर्छ। चुकन्दरको पातले पनि रगत कमि हुने व्यक्तिलाई रगत पुरा गर्नमा सहयोग गर्छ। यसमा पनि आइरन नामक तत्वको मात्रा धेरै हुन्छ।
कब्जीयतको समस्या वा पेटको समस्या छ भने चुकन्दर खाँदा साह्रै फाइदा मिल्छ। चुकन्दरमा फाइबर हुन्छ । चुकन्दर चाँडो पच्ने खाने कुरामा पर्छ । त्यसैले यसले पाचनप्रणालीलाई निकै मजबुत बनाउँछ । त्यसैले चुकन्दर बिना संकोच सधै खाँदा पनि फाइदैफाइदा छ।
एक गिलास स्याउको जुसमा एक गिलास चुकन्दरको रस मिसाई त्यसमा एक चम्चा मह राखेर घोलेर दैनिक यो जुस पिउँदा एनिमियाको समस्या हट्ने पाेषणविदले बताएका छन् ।
यसले रगतको कणलाई बढाउन सहयोग गर्छ, साथै डायबिटीज भएकाहरुका लागि पनि चुकन्दर एकदम फलदायी हुन्छ, यसले शारीरिक तन्दुरुस्ती पनि बढाउँदछ।
चुकन्दरको पातमा अत्याधिक मात्रामा क्याल्सियम पाईन्छ। चुकन्दरको १०० ग्राम पातमा ९९ मिलीग्राम क्यालसियम पाईन्छ। यसले शरीरको विकास र हड्डिको विकासमा एकदम फलदायी काम गर्छ।
चुकन्दरमा नाइट्रिक अक्साइड एकदम प्रसस्त मात्रामा हुन्छ जसले रगत वाहिनियोको विस्तार हुन्छ यसले अंगहरुमा रगतको रफ्तारलाई बढाउनमा सहयोग गर्छ।
चुकन्दरको जुस सेवन गर्नाले व्यक्तिको स्टामिना १६ प्रतिशतले बढ्छ। शरीरमा अक्सिजन बढ्नाले दिमाग पनि सहि तरिकाले आफ्नो काम गर्न सफल हुन्छ, साथै यसको नियमित प्रयोगले तपाईको छालाको सौन्दर्यमा पनि निखार ल्याउँछ।