काठमाडौं । स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको छ । यतिमात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ ।
त्यसैले हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय हुन्छ ।
शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्छ । योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिन्छ । आज हामी तपाईलाई नियमित योग गर्दा हुने केही फाइदाबारे तपाईलाई जानकारी दिदै छौं ।
नियमित योगका फाइदा
योगले शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ भने रोग प्रीतरोधात्मक क्षमता बढाउँछ,
– नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्छ,
– योगले तनावलाई घटाउछ,
–नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या हुँदैन,
– योग अभ्यासले पाचन प्रक्रियालाई सही किसिमले सुचारु गर्न सहयोग पु¥याउँछ,
– बालबालिकालाई योगअभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुन्छ,
–योग अभ्यासले बालबालिका शारीरिक रुपमा पनि स्वास्थ्य रहन सक्छन्,
– योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि हुन्छ,
–योगले मानसिक शान्ति प्राप्त हुन्छ,
–प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्छ,
–ध्यानले एकाग्रता बढाउँछ,
–योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ,,
– शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुन्छ ।