काठमाडौं । जाडो मौसममा प्राय सबैको हात खुट्टा फुट्ने गर्दछ । यो मौसममा सुख्खा हावा र चिसो मौसमका कारण धेरैको हात, खुट्टा फुट्ने गर्दछ । साथै तपाइँ धेरै पानी चलाउनु हुन्छ।भने, पनि तपाइँको हात खुट्टा फुट्ने गर्छ।
जाडोको समयमा हात खुट्टा फुटेर सौन्दर्यमा समेत ह्रास आउनुका साथै दुखाइको अनुभूति पनि हुन्छ । यस्तो अवस्थामा हातलाई मोइस्चराइज गर्नु निकै जरुरी हुन्छ । यदि तपाईं हात खुट्टा फुट्ने समस्याबाट बच्न चाहनुहुन्छ भने यस्ता छन् घरेलु उपायहरु:
एलोवेरा जेल
हात, खुट्टा फुट्ने समस्यालाई टाढा भगाउनका लागि एलोभेरा प्रयोग गर्न सक्नुहुने छ । एलोभेराले तपाईको छालालाई हाइड्रेटेड राख्छ।
एलोभेरामा भएको एन्टिबायोटिक र एन्टी इन्फ्लेमेटरी गुणले छाला फुट्ने समस्यालाई हटाउन मद्दत गर्छ। एलोबेराको जेललाई तपाईकाे फुटेको हात या गोडामा लगाउनुहोस् र केही समय राखेर मनतातो पानीले सफा गर्नुहोस् ।
ओट्स बाथ
ओट्स बाथले हात फुट्ने समस्या पनि हटाउँछ । बाथटबमा वा कुनै भाडामा ओट्ससँग थोरै जैतुनको तेल मिलाउनुहोस्। याे पानीमा तपाईको हात– खुट्टा पखाल्नुहोस् । यस्ले तपाईको छालालाई फुट्नबाट बचाउँछ ।
दूध र सुन्तला
दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउँनुहाेस् । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुक्खापन कम गर्दछ।
नरिवलको तेल
फुटेको छालाबाट छुटकारा पाउन नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । यसले (फ्याट)को संख्या बढाउँछ। यसले छाला फुट्ने समस्या हटाउँछ । राती सुत्नु अगाडी नरिवलको तेलले हात खुट्टा मज्जासंग मसाज गर्ने र बिहान मनतातो पानीले पखाल्ने यसो गर्दा राहत मिल्छ ।
मह
हातको छाला फुट्नबाट जोगाउन महको प्रयोग गर्न सकिन्छ । अध्ययनका अनुसार महको प्रयोगले छालाको धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ । महमा एन्टिअक्सिडेन्ट, एन्टिसेप्टिक, मोइस्चराइजिङ, एन्टी–इन्फ्लेमेटरी गुण हुन्छन्, जसले छालाको फुट्ने समस्याको उपचार गर्न सक्छ। यस्तो अवस्थामा हातको छाला फुट्नबाट जोगाउन महको प्रयोग पनि गर्न सकिन्छ ।
ग्लिसिरिन र गुलाबजल
ग्लिसिरिन र गुलाबजलको मिश्रण बनाएर एउटा बोलतमा राखेर फ्रिजमा राख्नुहोस् । रातमा सुत्नुभन्दा अगाडी हात खुट्टालाई मनतातो पानीले सफा गरे सो मिश्रणलाई लगाउनुहोस् र विहान मनतातो पानीले धुनुहोस् । यो प्रक्रिया नियमित प्रयोग गर्ने हो भने तपाईँको हात, खुट्टा पुरानै स्थितिमा फर्कनेछ ।
ग्लिसिरिन र कागती
राति सुत्नु भन्दा अगाडी हात खुट्टामा भएको फोहोर धुलो पखाल्ने र ग्लसिरिनमा कागतीको रस मिसाएर हात खुट्टामा लगाएर छाडीदिने । बिहान मनतातो पानी बनाएर साबुन पानीले राम्रोसंग सफा गर्ने । यो प्रक्रियालाई कहि दिन प्रयोग गर्ने यसो गर्दा तपाईको फुटेको हात खुट्टालाई राहत मिल्छ ।