काठमाडौं । हाम्रो शरीरलाई विभिन्न खालको पौष्टिक तत्वको आवश्यकता पर्ने गर्छ। हाम्रो शरीरलाई चाहिने सबै खालको पौष्टिक तत्व पाइने खानालाई सन्तुलित खाना भनिन्छ। सन्तुलित खानाले हामीलाई स्वास्थ्य राख्न मद्धत गर्छ।
हामीले खाने खानालाई हामीले कसरी सन्तुलित खाना बनाउने भन्ने कुराको ज्ञान हामीलाई हुनुपर्छ।
सन्तुलित खाना बनाउने तरिकाहरु यस प्रकार छन्:
१. खानामा चिल्लो पदार्थ कम मात्रामा प्रयोग गर्ने । घिउको सट्टामा सुद्ध तोरीको तेल प्रयोग गर्दा निकै फाइदा हुन्छ।
२. बिहान बेलुकाको खानामा हरियो सागपात हुनु जरुरी हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र मिनेरल्स पाइन्छ।
३. खानामा नुन थपेर खाने बानी गर्न हुदैन।
४. दैनिक एकपल्ट फलफुल खाने गर्नुपर्छ।
५. बेलुकीको खानामा रोटी खाने गर्नुपर्छ। बेलुकी खाना खाइ सक्ने बित्तिकै सुत्न हुदैन।
६. माछामासु विहान र दिउसोको खानामा मात्र प्रयोग गर्नु राम्रो । बेलुकी माछा मासु नखानु नै स्वास्थ्यका लागि लाभदायक छ।
७. उच्च फाइबर युक्त खानाले मुटुलाई फाईदा गर्छ। खानामा फाइबरको प्रमुख स्रोत गहु, गेडागुडी, हरियो सागपातहरु नै हुन।
८. स्वस्थ्य मुटुका लागि खाना थोरैथोरै तर धेरैपल्ट खानु उचित हुन्छ। दुई छाक खाने तर पेट कसेर खाने गरेमा यसले मुटुलाई असर गर्छ ।
९. बेलुकीको खानामा दैनिक एक पोटी काचो लसुन खादा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाउछ साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पनि पार्दछ ।