काठमाडौं । यतिखेर बिरामीको सेवामा सधैं तयारी अवस्थामा रहने चिकित्सकलाई चुनावी माहोलले छोएको छ ।
नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । उक्त दिन विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए ।
बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । उक्त दिन विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ। त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।
उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजना मात्र उम्मेदवारको मनोनयन परेको छ ।
उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौँ उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ । चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको बताइएको छ ।