काठमाडौं - मुटुको कुनै पनि धमनिहरुमा शतप्रतिशत अबरोध भई मुटुको मांशपेशिकाले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनुलाई हार्ट अट्याक अर्थात हृदयघात भन्ने गरिन्छ । हृदयघात मुटुको देब्रे मुख्य धमनीमा पुर्ण अवरोध भएमा प्राणघातक पनि हुनसक्छ, भने साना धमनिहरुको अवरोध भएमा हृदयघात भएको थाहा नहुन पनि सक्छ ।
हृदयघात हुनुभन्दा अगाडि साधारण लक्षणहरु देखिने गर्छन । अधिकांश मानिसले शुरुवाती चरणमा देखिने लक्षणलाई सामान्य मानेर घरमै बसिरहन्छन् । जसका कारण हृदयघात जस्तो ठुलो रुप लिन्छ ।
लक्षण
छाति दुख्नु वा पोल्नु
पसिना आउनु
वाकवककि लाग्नु वा उल्टि हुनु
छातिमा असजिलो अनुभव गर्नु
हृदयघातबाट बच्ने उपाय
धुम्रपान नगर्ने
अत्याधिक मद्यपान नगर्ने
मधुमेह, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको राम्रो नियन्त्रण गर्ने
मोटोपना भएमा तौल घटाउने, यसलाई नियन्त्रणमा राख्ने
नियमित शारििरक व्यायम गर्ने
नियमित ताजा फलफुल, प्रशस्त सागसब्जि र माछाको प्रयोग गर्ने
नुन निनी र चिल्लोको सेवन सकेसम्म नगर्ने
डिप्रेसन र मानसिक तनावलाई कम गर्ने