काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार ८ पुसबाट सुरु हुने भएको छ । ‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता बालुवाटारस्थित एक्सल फुटसल ग्राउन्डमा दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा उपत्यकाका १९ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताको विजेताले उपाधि सहित ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उनीहरुले नगदको साथमा ट्रफी, मेटल र प्रमाणपत्र पाउनेछन् । बेष्ट कोच र बेष्ट गोलकिपरलाई समेत ट्रफी प्रदान गरिने छ।
प्रतियोगितामा संलग्न निजी तथा सरकारी अस्पतालहरुमा विनायक, सिभिल,अन्नपूर्ण न्यूरो,नर्भिक,नर्भिक आईभिएफ,टेकु,वयोधा,स्टार,नेपाल क्यान्सर अस्पताल,मध्यपुर ठिमी,ओम समाज डेन्टल,शंखरापुर,ह्याम्स,ग्रिनसिटी,बिपी स्मृति,मनमोहन कार्डियो, मनमोहन मेमोरियल तथा नेपाल प्रहरी अस्पताल रहेका छन्।
फुटसल सम्पन्न गराउनका लागि मुख्य इस्पोन्सरको भूमिकामा ओम मेगाश्री फर्मास्यूटिकल रहे पनि नेपाल एनएमबी बैंक तथा डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर पनि इस्पोन्सरमा रहेका छन् ।
हस्पिटल पार्टनरमा नेपाल भारत मैत्री हस्पिटल तथा चेष्ट सेन्टर,बैकिङ पार्टनरमा मुक्तिनाथ विकाश बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको थियो ।
कार्यक्रमलाई वात्सल्य आईभीएफ, खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी,मध्यपुर हस्पिटल ,नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर,राष्ट्रिय वाणिज्य बैंक,टिजिग फर्मा प्राइभेट लिमिटेड,तथा यति हस्पिटलले सपोर्ट गरेका छन् ।