काठमाडौं । डाक्टरहरुका अनुसार तापमानको कमीका कारण जोर्नीहरुको नशा खुम्चिन्छ र त्यो ठाउँमा रगतको तापमापन पनि कम हुन्छ जसकाकारण जोर्नीहरु दुख्ने समस्या बढ्दै जान्छ।
जाडो सुरु हुनासाथ बुढापाकाहरुको जोर्नीको दुखाईको समस्या अझ बढी देखिनथाल्छ । डाक्टरहरुका अनुसार, केही सावधानीहरु अपनाएर यस समस्यालाई समाधान गर्न सकिन्छ।
कानपुर मेडिकल कलेजका प्राचार्य अस्थि रोग विशेषज्ञ डा. आनन्द स्वरुपले आएनएनएसलाई भने, ‘जाडो मौसममा हाम्रो मुटु नजिक रगतलाई तातो बनाइराख्न आवश्यक हुन्छ । जब छाला चिसो हुन्छ अनि दुखाईको असर धेरै महसुस हुन्छ । यस दुखाईलाई वैज्ञानिक भाषामा आर्थराइटिस भनिन्छ ।’
स्वरुपले भने, ‘आर्थराइटिसले धेरैजसो ४० वर्षभन्दा माथिका मानिसहरु अझ विशेषगरी महिलाहरुलाई धेरै प्रभावित पार्दछ । रुमेटाइड आर्थराइटिसमा जोर्नीहरुसँग शरीरको कुनै दोस्रो अंग वा पूरा शरीर पनि प्रभावित हुन्छ । हात खुट्टाको जोर्नीमा दुखाई, सुन्निनु, मांसपेशी कमजोरी, जोरो आदी यसको लक्षण हो।’
उमेरसँगै हड्डीबाट क्याल्शियम र अन्य खनिज पदार्थको क्षय हुँदै जान्छ।बिहानको हल्का घामलाई भिटामिन डी को एक राम्रो स्रोत मानिन्छ । कतिपय अध्ययनमा यो कुरा साबित पनि भइसकेको छ ।
जाडो दिनमा यदि भिटामिन डी भरपुर मात्रामा लिइयो भने कम्मरको दुखाई र जोर्नीको दुखाइ धेरै नै कम हुन्छ । घामले हाम्रो शरीरको प्रतिरोधक क्षमतालाई पनि बढाउँछ । घाममा बस्नाले रक्तशोध बढ्छ र जोर्नीको दुखाई साथै सुन्निने समस्याबाट मुक्ति मिल्छ।
जोर्नीको दुखाई कम गर्नका लागि महत्वपूर्ण आसन वा योग जस्तै गिद्धासन वा प्राणायामले सहयोग गर्छ। धेरै समयसम्म लगातार एउटै कुर्सी र कम्प्यूटरको अगाडि बस्दा बस्दा तपाईहरुको जोर्नी दुख्ने, बाउडिने हुन थाल्छ त्यसैले आफ्नो जोर्नीका लागि थोरै भएपनि समय निकाल्नु आवश्यक देखिन्छ।
खानपिन, मर्निङ वाक, कसरतले जोर्नीलाई बलियो राख्न मदत गर्छ। बिरामिले विशेषज्ञको रेखदेखमा नै एक्सरसाइज गर्दा राम्रो हुन्छ । अफिसमा हरेक आधा घन्टा वा एक घन्टामा सिट छोडेर सात मिनेटका लागि घुम्नुहोस् / हिड्नुहोस् । शरीर तन्काउनुहोस्। महिलाले धेरै अग्लो हिल भएको स्यान्डिल नलगाउनुहोस् । यसले घुँडा, पिडौला साथै कम्मरमा पनि असर गर्दछ ।