काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ अन्तर्गतको लिग आउट चरणको खेल सम्पन्न भएको छ ।
लिग आउट चरणबाट क्वाटर फाइनलमा ८ टिम पुगेका छन् । जसमा स्टार ,मध्यपुर, अन्नपूर्ण ,शुक्रराज ट्रपिकल तथा सरुवा रोग, बिपी स्मृति,नर्भिक इन्टरनेसनल,ग्रिनसीटी तथा विनायक अस्पताल पुगेका छन् । बालुवाटारस्थित एक्सल फुटसल ग्राउन्डमा भएको यो प्रतियोगिता दुई दिन सम्म चल्नेछ ।
भोली क्वाटर फाइनल सेमीफाइनल र फाइनलका खेलहरु हुनेछन्। प्रतियोगितामा उपत्यकाका १९ सरकारी तथा नीजि हस्पिटलको सहभागीता जनाएका थिए। लिग नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो।
प्रतियोगितामा संलग्न निजी तथा सरकारी अस्पतालहरुमा विनायक, सिभिल,अन्नपूर्ण न्यूरो,नर्भिक,नर्भिक आईभिएफ,टेकु,वयोधा,स्टार,नेपाल क्यान्सर अस्पताल,मध्यपुर ठिमी,ओम समाज डेन्टल,शंखरापुर,ह्याम्स,ग्रिनसिटी,बिपी स्मृति,मनमोहन कार्डियो, मनमोहन मेमोरियल तथा नेपाल प्रहरी अस्पताल रहेका छन्।
https://www.mahilaswasthya.com/detail/11146?fbclid=IwAR0HTszxzgbAOYu1FlljkygGk7p49SZW6Qcipcf1c-5COhrUcuYqW8TUrYU