काठमाडौं । महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप ' २०२२ ’को उपाधि बिपी स्मृति हस्पिटलले जितेको छ । शनिबार भएको फाईनल खेलमा विनायक अस्पतललाई १–० गोल अन्तरले पराजित गर्दै बिपी स्मृति च्याम्पियन बनेको हो ।
काठमाडौंको एक्सल फुटसल मैदानमा भएको खेलमा अल्भिन शर्मा पौडेलले गोल गर्दै बिपी स्मृतिअस्पतललाई जित दिलाएका थिए ।
बिपी स्मृतिले स्टार अस्पतललाई र विनायक अस्पतलले अन्नपूर्ण अस्पतललाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहितबिपी स्मृतिले ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता विनायक अस्पतलले ३० हजार रुपैयाँमा चित्त बुझायो ।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका १९ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य इस्पोन्सरको भूमिकामा ओम मेगाश्री फर्मास्यूटिकल रहे पनि नेपाल एनएमबी बैंक तथा डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर पनि इस्पोन्सरमा रहेका छन् ।
हस्पिटल पार्टनरमा नेपाल भारत मैत्री हस्पिटल तथा चेष्ट सेन्टर,बैकिङ पार्टनरमा मुक्तिनाथ विकाश बैंक तथा मेडिकल पार्टनरमा बयोधा हस्पिटल रहेको थियो ।
कार्यक्रमलाई वात्सल्य आईभीएफ, खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी,मध्यपुर हस्पिटल ,नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर,राष्ट्रिय वाणिज्य बैंक,टिजिग फर्मा प्राइभेट लिमिटेड,तथा यति हस्पिटलले सपोर्ट गरेका थिए ।