काठमाडौं । मुखको क्यान्सर महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । मुखमा हुने तन्तुको कोषहरु अनियन्त्रित रुपमा वृद्धि भएमा मुखको क्यान्सर हुने गर्छ ।
मुखको क्यान्सर ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भार र तालुमा हुने गर्छ । कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा ती मागहरुमा घाउँ भएर क्यान्सर हुने गर्छ ।मुखको क्यान्सर सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुलाई हुने सम्भावना बढी हुन्छ । नेपालमा मुखको क्यान्सर महिला भन्दा पुरुषमा बढी देखिने गरेको छ । मुखको क्यान्सरबाट नेपालमा ४० वर्ष माथिका व्यक्तिहरु बढी पीडित बनेका छन् ।
मुखको क्यान्सर हुनुको कारण
– धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग,
–मदिरा सेवन,
–एचपिबी भाइरसको संक्रमण,
–रोगप्रतिरोधी क्षमतामा कमी आउनु,
–पोषणको कमी हुनु,
–मुख सरसफाइमा ध्यान नदिनु ।
–विकिरणमा धेरै समय बस्नु वा विकिरण आउन सक्ने प्रविधिको प्रयोग बढी गर्नु,
– वंशाणुगत गुणका कारण आदि हुन् ।
मुखको क्यान्सरको लक्षण
–मुखभित्र घाउ आउने,
–घाउ निको नहुने,
–घाउँ दुख्ने,
–कान दुख्ने,
–स्वर परिवर्तन हुने,
–घाँटीमा गिर्खा पलाउने,
–घाँटी खुख्ने,
–दात झर्ने,
–मुख तथा गिजाबाट रगत बग्ने,
कसरी बच्ने ?
–धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने,
–समय समयमा क्यान्सरको परीक्षण गर्ने,
–क्यान्सरको लक्षण देखिएमा चिकित्सकसँग परार्मश लिने ।
–क्यान्सर भएको भए चिकित्सकको सल्लाहमा नियमित परीक्षण र किमो थेरापी गर्ने ।