काठमाडौं । आफ्नो स्वास्थ्यलाई निरोगी बनाउनका लागि हामिले दैनिक रुपमा सेवन गर्ने खानेकुराहरुबारेमा पनि विशेष ध्यान दिनु जरुरी छ ।
दैनिक रुपमा उपभोग गर्ने खाद्य पदार्थलाई मात्रा मिलाएर खाने गर्नु पर्छ। यसो गर्दा कुन रोगका लागि कुन खानेकुराले कस्तो भूमिका खेल्छ भन्ने बुझेर सावधानी अपनाउने हो भने हामी हाम्रा रोगहरुको घरमै उपचार गर्न पनि सकिन्छ।
मानिसलाई लाग्ने विभिन्न रोगकमध्ये किड्नी पनि खतरानक स्वास्थ्य समस्या हो । घरेलु रुपमा हामीले खानु पर्ने केही खानेकुराको बारेमा कसरी ध्यान पुर्याउने भन्ने बुझ्न जरुरी छ ।
उच्च रक्तचाप र डायबिटिजको रोग हुनेलाई किड्नीसम्बन्धी समस्याले सताउने गर्छ । त्यसकारण किड्नीले आफ्नो नियमित काम गर्न सक्दैन । बाहृय अंगलाई सफाई गरे जस्तै शरिरका बिभिन्न भित्री अंगलाई पनि सरसफाइको आवश्यकता हुन्छ।
हरियो पातयुक्त तरकारी
किड्नीको सफाईका लागि हामीले हाम्रो भोजनमा हरियो पातयुक्त तरकारीलाई समावेश गर्न सकियो भने मद्धत पुग्छ ।
हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । हरियो सब्जीमा भिटामिन सी, र भिटामिन के हुन्छ । यसमा प्रचुर मात्रामा फाईबर हुन्छ । हरियो फातयुक्त सब्जीले रत्तचाप नियन्त्रण गर्नुका साथै ब्लड सुगरको मात्रा घटाउने र किड्नीलाई सम्भावित स्ट्रेसबाट पनि जोगाउछ।
बेसार
बेसारमा कुरकुमिन नामक तत्व हुन्छ, जसले शरिरमा हुने जलन तथा उत्तेजना रोक्छ। बेसार किड्नी रोगबिरुद्ध लड्नका लागि पनि सहयोग हुन्छ । रोटी, पुवा, दुध इत्यादिमा बेसार मिलाएर खान सकिन्छ।
स्याउ
स्याउ हरेक मानिसका लागि गुणकारी फल हो। स्याउमा फाईबरको मात्रा अधिक हुन्छ। जसले शरिरमा अनावश्यक विष शरिरबाट हटाइदिन्छ । किड्नीमा भएका अनावश्यक विकार समेत फालिदिन्छ । स्याउले पाचन प्रणालीलाई पनि सहयोग गर्छ।
लसुन
नियमित लसुनको सेबनले किड्नीलाई सफा गरिदिन्छ । लसुनलाई बिहान खाली पेट वा पकाएको परिकारमा मिसाएर खान सकिन्छ।
जैतुनको तेल
जैतुनको तेलले हाम्रो शरिरमा फाईदै फाईदा गर्छ। तर, यसले किड्नीमा विशेष फाईदा गर्छ । जैतुनको तेलले कोलेस्ट्रेल घटाउनुका साथै किड्नीमा हुने स्टोनबाट उत्पन्न पीडाबाट आराम दिन्छ।
कागती पानी
कागती पानीले किड्नीलाई सफा मात्र गर्दैन, किड्नीमा स्टोन हुनबाट जोगाउछ । कागतीको जुसले शरिरमा सिट्रेसको तह बढाउछ, जसका कारण किड्नीमा स्टोन हुनबाट जोगाउछ। दैनिक एक गिलास कागती पानीले किड्नीलाई स्वस्थ र निरोगी बनाउछ।
अदुवा
कागतीले जस्तै अदुवाले पनि किड्नी सफा राख्छ। अदुवालाई धुलो, जुस वा खानेकुरामा मिसाएर खान सकिन्छ । किड्नीलाई सम्भावित ड्यामेज हुनबाट जोगाउँछ।