काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचनका लागि पेशागत समावेशी समुहले अवधारणा पत्र सार्वजनिक गरेको छ । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दिएका छन् ।
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ। संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ।
पेशागत समुहले चिकित्सकहरुको हकहितका लागि विभिन्न ७ वटा एजेण्डालाई अगाडि सारेका छन् । जसमा विशिष्टीकृत चिकित्सा सेवाका लागि छुटै चिकित्सक ऐन,पढाइमा सधैं अब्बल, कमाइमा कहिले हुने सबल,सबै डाक्टरहरुलाई रोजगारी,वैज्ञानिक ड्युटी आवर,अनिवार्य फोर्स लिभ,एक चिकित्सक, एक स्वास्थ्य संस्था, चिकित्सा शिक्षा,सुधार र रोजगारी अवसर तथा संघीयता कार्यान्वयनको आधार नेपाल चिकित्सक संघ सुधार जस्ता एजेन्डाहरु रहेका छन् ।