काठमाडौं । केही महिलाहरुलाई मेकअप त गर्न मनपर्छ तर मेकअप गरिसकेपछि अनुहारमा डन्डीफोर आउने,छाला फ्रुसो हुने, एलर्जी हुने समस्याले डर पैदा गरिरहेको हुन्छ । यसका लागि दिनहुँ स्कीन केयर रुटीन बिल्कूलै नजर अन्दाज नगर्नुहोला ।
कसैलाई कहिलेकाही लगाउन मन लाग्ला त कसैलाई हरेक दिन जरुरत् पर्ला , अनुहारमा धेरै अनि विभिन्न केमिकलयुक्त कस्मेटिक प्रयोग गर्दाे विभिन्न प्रकारका समस्याहरु आउन सक्छन् । चाडपर्व तथा विवाहका बेला व्यस्तताले गर्दाे मेकअप धेरै समयसम्म राख्ने गरिन्छ । त्यसैले हामीले छालाको स्याहारका लागि गर्नेपर्ने केही कुराहरु निम्नानुसार छन्
मेकअप रिमुभ
हरेक दिन अनुहारलाई राम्रोसँग सफा गर्न जरुरी छ । विशेषगरी मेकअप गरिएको छाला त सुत्नु भन्दा अगाडि या आफ्नो काम सकिएपछि मज्जाले छालालाई सफा गरी टोनरले टोन गर्न जरुरी हुन्छ । मेकअप हटाउनका लागि रोज वाटरको पनि प्रयोग गर्न सकिन्छ ।
स्कीन हाइड्रेशन
छालालाई मुलायम र त्वचा जोगाइराख्न अत्यावश्यक हुन्छ । यसका लागि हामीले कुनै पनि प्रकारको सिरम प्रयोग गर्न सक्छौ । यसले चायाँ, पोतो लगायत छालामा आउने विभिन्न प्रकारको समस्यालाई रोक्न सकिन्छ । छालामा कुनै पनि प्रकारको समस्या आउन नदिनका लागि छालाको प्रकृति अनुसार प्रोडक्ट छान्नुपर्ने हुन्छ ।
छालाको स्याहारका लागि गर्नुपर्ने अतिरिक्त ध्यान
छाला मुलायम, हाइड्रेट राख्न्नका लागि माथि उल्लेखित कुराको अतिरिक्त विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । जसलाई निम्नलिखित बुँदाहरुमा प्रस्तुत गर्न सकिन्छ ।
१.समय अनुकुल महिना दिन भित्र फेसियल गर्ने ।
२.घरमै फेस प्याक बनाएर फेसियल गर्न पनि सकिन्छ ।
३.छालाको स्याहारका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ ।
४.चिल्लो, पिरो तथा मसालेदार खानाको प्रयोग बढी मात्रामा नगर्ने ।
५.मौसम अनुसारका सागसब्जी , तथा फलफूल प्रशस्त मात्रामा खाने ।
६.थोरै समय भएपनि योग तथा व्यायाम गर्ने ।
७.तनावमुक्त जीवनशैली अपनाउने ।
८. सधैं सकारात्मक सोचाइ राख्ने ।