काठमाडौं । देशभर जाडो बढिरहेको छ । जाडो बढेसँगै अनेक स्वास्थ्य समस्या हुने गर्दछ । त्यसबाट बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, तातो खानेकुरा समेत खानुपर्छ। कहिलेकाँही जाडोमा तातो खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुर्याउन सक्छ ।
त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ।रंगीन फुड हेर्दा सुन्दर र आकर्षक मात्र देखिँदैन, जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ । यो मौसममा हड्डीलाई न्यानो प्रदान गर्न, रुघाखोकीबाट मुक्त राख्न मद्धत गर्छ । अनेकौं मौसमी फल एवं तरकारीको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ ।
हरियो सागपातको सेवन गनुपर्छ । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियम पर्याप्त मात्रामा हुन्छ। जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ । कम चिनी हालिएको गाजरको खीर यो मौसमका लागी उपयोगी खाना हो ।
पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा बृद्धहरूले चिसो खाद्य पदार्थको सेवनबाट जोगिनुपर्छ।खानामा भिटामिन सि को मात्रा धेरै समाबेश गरेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन।
भिटामिन डी को प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।