काठमाडौं - यौन रोग भन्नाले यौनसम्पर्कबाट सर्ने रोग भन्ने बुझिन्छ । यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोगलाई यौन रोग भन्न सकिन्छ ।
किटाणु वा जिवाणुले यौनअंगमा असर (ईन्फेक्सन) गरेको हुन्छ त्यस्तो व्यक्ति सँग यौनसम्पर्क राख्दा यौनजन्य रोग सर्ने सम्भावना हुन्छ ।
नेपालमा प्रायः व्यक्तिमा ब्याटेरियाबाट हुने यौन रोग गोनोरीया हो । यो रोग लागेपछि पुरुषको यौनअंगबाट सेतो धातु बग्ने गर्छ भने महिलाको पनि यौनअंगबाट गन्हाउने पानी बग्ने गर्दछ ।
भिरिंगी भनेको के हो ?
भिरिंगी पनि ब्याटेरियाबाट लाग्ने विशेष किसिमको यौन रोग हो । ट्रेपोनेमा प्यालिडमका ब्याक्टेरिया नाम गरेको किटाणुबाट हुन्छ । जुन संक्रमित व्यक्तिको यौनअंगबाट नीस्किने रस र रगतमा पनि हुने गर्दछ । यो यौनजन्य क्रियाकलापबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
लक्षण
भिंरिगी त्यस्तो किसीमको रोग हो जुन व्यक्तिलाई यसको संक्रमण हुन्छ ति सबै व्यक्तिलाई यसको लक्षण देखिन्छ भन्न सकिदैन । कतिपयमा यसको लक्षण नदेखिन पनि सक्छ । भिंरगी लागेका ५० प्रतिशत व्यक्तिमा मात्र लक्षण स्वरुप यौनअंग वरीपरी नदुख्ने घाउ आउँछ। जो आफै केहि दिनमै हराएर जान्छन् । तर किटाणु रगतमा पुग्छ र शरीरका विभिन्न भागलाई असर गर्ने गर्दछ ।
समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले काही मृत्यु पनि हुन सक्छ ।
भिंरिगीको किटाणु आँखामा गएर बसकोे छ भने संक्रमणबाट आँखा रातो हुने , थमिलो हुदै जाने, ज्योति कम हुने र भविष्यमा ज्योति गुम्ने समेत डर हुने गर्छ ।
त्यसैगरी मुटुमा यसको किटाणु छ भने पनि मुटुलाई त्यत्तिकै असर गर्ने गर्छ रगत संचालन गर्ने मुटुका धमनीहरु विस्तारै ब्लक हुदै जाने , मुटुको चाल कम हुने र भविष्यमा हर्टअट्याक आउँने खतरा समेत हुन्छ ।
बच्ने उपाय
असुरक्षित यौन सम्पर्क नगर्ने
कण्डमको प्रयोग गर्ने
सकेसम्म एकजना सम्म मात्र यौन सम्पर्क गर्ने
धेरै जना सँग यौन सम्पर्क नगर्ने
(बीर अस्पतालमा कार्यरत छाला तथा यौन रोग डाक्टर लैला लामा सँग गरेको कुराकानीमा आधारित )