एजेन्सी । नशामा मात्तिने बाँदरलाई ध्यानमा राख्दै अमेरिकी वैज्ञानिकहरू अब मानिसहरू किन यति धेरै रक्सी मन पराउँछन् भन्ने कुरा पत्ता लगाउन खोजिरहेका छन् ।यसका लागि उनले ब्ल्याक ह्यान्डेड स्पाइडर बाँदरमा अनुसन्धान सुरु गरेका छन् ।
पानामामा ब्ल्याक ह्यान्डेड स्पाइडर नामक बाँदरको प्रजातिलाई पामको फल मन पर्छ । यो फल खाएपछि उनीहरूलाई नशा लाग्छ । पामको फलमा इथानोल नामक अल्कोहल हुन्छ, जसका कारण बाँदरलाई खाएपछि निन्द्रा लाग्छ ।
अनुसन्धानकर्ताहरूले दुईवटा स्पाइडर बाँदरको पिसाबको नमूना लिएका थिए । परीक्षण गर्दा पिसाबमा इथानोल भएको प्रमाण भेटिएको थियो । बाँदरको शरीरले इथानोललाई पचाएर प्रयोग गर्ने गरेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले मदिरालाई आफ्नो थकान मेटाउने र निद्राको माध्यम बनाएका छन् ।
नर्थरिज क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी वैज्ञानिक क्रिस्टिना क्याम्पबेलका अनुसार जङ्गलमा बस्ने बाँदरहरू नसामा हुने कुरा पहिलो पटक सन् २००० मा जीवविज्ञानी रोबर्ट डडलीले रिपोर्ट गरेका थिए । बाँदर रक्सीको स्वाद र गन्धमा आकर्षित हुने डुडले बताउँछन् । बादँरहरूले यस्ता फलहरू चिनेर खान्छन् ।
अनुसन्धानमा समावेश गरिएका बाँदरहरूलाई इथानोल भएको फलफूल खुवाउने प्रयास गरिएको थियो । बाँदरहरूले यी फलहरूबाट आफूलाई टाढा राखे । तर, बाँदरहरूलाई जङ्गलमा छोड्दा उनीहरू आफैँले पाम फल पत्ता लगाएर खान थाले । बाँदरहरूले नशाको लागि मात्र नभएर पाचनलाई स्वस्थ राख्न राख्छ ।
साथै, ऊर्जाको स्तर बढाउनको लागि इथानोल युक्त फर्मेन्सटेड फलफूल खान रुचाउने गरेको अध्ययनले देखाएको छ । क्रिस्टिनाको अनुसार मानिसको सोच पनि बाँदरको जस्तो हुनसक्छ । मानिसहरू पनि शरीरको ऊर्जा बढाउन र थकान हटाउन रक्सीको सेवन गर्न रुचाउँछन् । मध्य र दक्षिण अमेरिकाका स्थानीय मानिसहरूले पामको फल प्रयोग गर्छन् ।
फरमेन्टेड फलफूलको सेवनले शरीरलाई शक्ति प्रदान हुन्छ । करोडौँ वर्षमा बाँदरबाट मानिसमा क्रमविकासको गुणहरू सरेको वैज्ञानिकहरू विश्वास गर्छन् । मानिस, चिम्पान्जी, बोनोबोस र गोरिल्लाको जीन धेरै समान हुन्छ । जसकारण बाँदर होस् वा मानिस सबैलाई रक्सी मन पर्छ ।