एनर्जी प्रत्येक व्यक्तिको लागी महत्वपूर्ण कुरा हो । विशेषत खेलाडी, धेरै भारी काम गर्ने व्यक्तिको लागी निकै जरुरत पर्दछ । कसैको शरीरमा एनर्जी एकदमै कम हुन्छ भने कसैको शरीरमा बढी, यसको मुख्य कारण भनेको अनियमित लाइफस्टाइल हो । जसले अनियमित रुपमा खानपान नलिई क्याफिन, रक्सी, नशालुपदार्थ सेवन गर्दछ, उनीहरुको एनर्जी लेवल एकदमै कम हुन्छ । त्यस्तै तनाव, डिप्रेशन डिहाइडे«शन वा कुनै रोगको कारणले यस्तो हुन्छ । आज हामी एनर्जी कसरी बढान सकिन्छ भन्ने बारेमा बताउँदैछौं ।
१.ग्रीन टी
यदि दैनिक एक कफ फ्रेस ग्रीन टी सेवन गर्ने हो भने मानिसमा भएको थकान हटेर राम्ररी निन्द्रा लाग्ने र एनर्जी लेवल बढ्नेछ । अमेरिकन फिजियोलाजी सोसाइटी जर्नल पब्लिश रिपोर्टको अनुसार, ग्रीन टी को नियमित सेवन गर्नाले एक्सरसाइज गर्न पनि निकै सहज हुनेछ । यसको लागी एक कप पानीमा एक चम्चा ग्रीन टी हालेर सेवन गर्न सकिन्छ । सेवन अघि भने डाक्टरको सल्लाह जरुरत पर्दछ ।
२.बेसार
बेसारमा विभिन्न औषधीय गुण हुन्छ । यसमा पाइने शक्तिशाली एन्टी इन्फ्लामेट्री प्रपोटिले थकानलाई हटाई एनर्जीको लेवल बढाउँछ । बेसारले मांसपेसीलाई पनि रिपेयर गर्ने काम गर्दछ । एनर्जी बढाउनको लागी एक गिलास तातो दुधमा एक चम्चा बेसार मिलाएर सेवन गर्न सकिन्छ ।
३. नरिवलको तेल
नरिवलको तेलमा एनर्जी बढाउने विशेष शक्ति हुन्छ । यसले हृदयको लागी समेत फाइदा गरी इम्युनिटी स्टिम बढाउने काम गर्दछ । एनर्जीको लागी दैनिक ३ देखि ४ चम्चा नरिवलको तेल सेवन गर्नुपर्दछ । नरिवलको तेलको प्रयोेग भोजनमा सब्जी पकाउँदा सामेल गर्न सकिन्छ ।
४. म्याग्नेसियम
म्याग्नेसियमको कमी भएमा पनि एनर्जीमा कमी आउँछ । यसको लागी भोजनमा म्याग्नेसियम युक्त खानेकुराको सामेल गर्नुहोस् । पुरुषको लागी दैनिक ३५० ग्राम म्याग्नेसियमको आवश्यकता पर्दछ भने महिलाको लागी ३०० ग्राम म्याग्नेसयमको आवश्यकता पर्दछ । हरियो पत्तेदार सब्जी, बदाम, सोयाबिन, केला, एवोकाड र डार्क चकलेटमा म्याग्नेसियम मात्रामा पाइन्छ । त्यस्तै दैनिक भरपुर पानी र आवश्यकता अनुसार निन्द्रा भने छुटाउनु हुदैन् ।