काठमाडौं। नेपाल चिकित्सक संघले ‘रूपा चिकित्सा अवार्ड, २०७९’ र ‘सज्जन श्याम ट्रष्ट ,२०७९’ का लागी इच्छुक चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहमा समर्पित व्यक्तिलाई आवेदन दिन अपिल गरेको छ।
मानव सेवा परोपकारी ट्रष्ट रूपा फाउण्डेसन र नेपाल चिकित्सक संघको सहकार्यमा नेपाल चिकित्सक संघ ‘रूपा चिकित्सा अवार्ड, २०७९’ र नेपाल चिकित्सक संघका पूर्व महासचिव डा श्याम प्रसाद भट्टराईद्वारा नेपाल चिकित्सक संघ, ‘सज्जन श्याम ट्रष्ट,२०७९’ प्रदान गर्न लागेको हो।
अवार्डका लागि न्यूनतम मापदण्ड
स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सार्वजनिक व्यक्ति वा पदाधिकारी नेपाली नागरिक र नेपाल चिकित्सक संघको आजीवन सदस्य हुनुपर्ने,
नयाँ सेवा स्थापनाको लागि रचानात्मक भूमिका निर्वाह गरेको,
आफू कार्यरत संस्थाको वृद्धि विकासका लागि उल्लेख्य योगदान पु¥याएको,
सहज र सुलभ स्वास्थ्य सेवा प्रवाह गरेको,
खोज तथा अनुसन्धान कार्यमा उल्लेखनीय योगदान पुर्याएको,
आफूले अध्ययन गरेको बिषयमा नविनतम ज्ञानको प्रादुभाव गरी चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको,
व्यावसायिक रुपमा दक्षता हाँसिल गरी समाजमा इज्जत, प्रतिष्ठा कमाएको,
कार्यरत संस्थाको सफल नेतृत्वदायी भूमिका निर्वाह गरी समुदायले मन पराएको,
स्वास्थ्य सेवामा कम्तिमा पनि १० बर्ष सेवा अवधि पुरा गरेको ,
गरिब, निमुखा र पिछडिएका नागरिकहरुलाई विषेश प्राथमिकता राखी स्वास्थ्य सेवा प्रवाह गरेको ,
आपतकालिन अवस्थामा समेत नागरिकहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको ,
समुदायमा गई आधारभूत स्वास्थ्य सेवाका क्षेत्रमा जनचेतना जागृत गरेको ,
निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरी ग्रामिण भेगका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेको ,
विशेष गरी महिला, बालबालिक तथा बृद्धबृद्धाको स्वास्थ्य अवस्था सुदृढीकरणका लागि अहम भूमिका निर्वाह गरेको ,
सामाजिक मूल्य मान्यता र रुढीवादी परम्परालाई चिर्ने गरी स्वास्थ्यका क्षेत्रमा जनचेतना जागृत गरेको