काठमाडौं । दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, बेसार पनि त्यतिनै फाइदाजनक हुन्छ । यी दुबैमा औषधीय गुण हुन्छ । त्यसैले त आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टीबायोटिक भनेर व्याख्या गरिएको छ ।
यता दुधमा पनि प्राकृतिक एन्टीबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । त्यसैले दुध र बेसारलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई अझ धेरै फाइदा हुने गर्दछ ।
दुधमा बेसार मिसाएर खानुका फाइदा
१. दैनिक रुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ। जसका कारणले हड्डी स्वस्थ तथा बलियो हुने र शरीरका जोर्नी दुख्ने समस्या हट्छ।
२. दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन्। विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ।
३. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।
४. चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ।
५. अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ। बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ।
५. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ। यसले रक्तसञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ।
६. दैनिक एक गिलास दुधमा आधा चम्चा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोसो कम हुन्छ। यसकारण मोटोपन घटाउन पनि बेसार र दुधको प्रयोग गर्न सकिन्छ।
७. छालासम्बन्धी विभिन्न समस्याबाट छुट्कारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ।
८.दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखाला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित विरामीलाई बेसार अमृत समान मानिन्छ ।
९. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ ।