काठमाडौं । एउटा अध्ययनका अनुसार २१ प्रतिशत अविवाहितहरू आफ्ना प्रेमी वा प्रेमिकाको राशि पहिला थाहा पाउन चाहन्छन् । यसमा कुनै शंका छैन कि तपाईंको राशिले तपाईंको व्यक्तित्वका बारेमा धेरै कुरा बताउँछ । यस्तोमा पार्टनरसँग निकट हुनु र सेक्स गर्नुअघि यो थाहा पाउन आवश्यक छ कि उसलाई कुन प्रकारको सेक्समा रुचि छ र उसको यौन व्यवहार कस्तो छ ।
मेष राशि: मुख्य काममा रुचि
मेष राशिका मानिस सिधै यौन कर्ममा रुचि राख्छन् । उनीहरू ‘फोर प्ले’ वा ‘ननसेन्स सेक्स’मा रुचि राख्दैनन् । यो राशिवाला मानिस विछ्यौनामा आफ्नो यौन साथीलाई ‘डोमिनेट’ गर्न मज्जा मान्छन् ।
वृष राशि: समर्पित प्रेमी
वृष राशि भएकाहरू छिटो सेक्स मनपराउँदैनन् । यस राशिवालाहरू धैर्य र समर्पित हुन्छन् । पार्टनरको शरीर स्पर्श र फोर प्लेमा बढी समय दिन्छन् । साथै यस राशिका मानिस सेक्स टोयको प्रयोग गर्न पनि रुचाउँछन् । उनीहरूलाई ढिलो र सुस्त प्रकारको अनि प्रेमपूर्वक गरिने फोर प्लेमा बढी मज्जा आउँछ ।
मिथुन राशि: मस्ती सेक्स
यस राशिका मानिसहरू कोमल, मस्ती भरिएको र ठट्टा गरिएको सेक्समा रुचि राख्छन् । यस राशिका मानिसका लागि सेक्सको अर्थ जरुरी छैनm जति प्यारको छ । मिथुन राशि भएकाहरूले सेक्सलाई उति संवेदनशील रूपमा लिदैनन् । उनीहरू रमाइलो र प्रेम–खेलकै माध्यमले पार्टनरलाई सन्तुष्ट बनाउँछन् ।
कर्कट राशि: सेक्सअघि नै इमोसन
सबै १२ राशिमा कर्कट राशिका मानिस सबैभन्दा संवेदनशील मानिन्छन् । उनीहरूका लागि सेक्सअघि भावनात्मक सम्पर्क (इमोसनल कनेक्सन) निकै आवश्यक हुन्छ । यिनीहरू निकै उत्तेजित पनि हुन्छन् सेक्सका सवालमा ।
सिंह राशि: ‘कम्प्लिमेन्ट्स’मा रुचि
यस राशिका मानिस अति धैर्य हुन्छन् र सेक्सका क्रममा उनीहरूका ‘इगो’ वा अहं देखाउँछन् । यदि तपाईं सिंह राशिका पार्टनरलाई खुसी पार्न चाहनुहुन्छ भने विछ्यौनामा उनीहरूलाई केही न केही ‘कम्प्लिमेन्ट्स’ दिन नभुल्नुहोस् । यस राशिका मानिसलाई यौनिक हँसिमजाक पनि अर्थपूर्ण हुन्छ ।
कन्या राशि: पूर्ण आनन्दमा रुचि
कन्या राशिका मानिस यस्ता प्रेमी हुन्, जसलाई विछ्यौनामा पनि पूर्ण आनन्द चाहिन्छ । उनीहरू सेक्सका क्रममा पनि हरेक ससाना कुरामा ध्यान दिन्छन् र प्राविधिक तरिकाले काम गर्छन्, चाहे सेक्स नै किन नहोस् । बेड रुममा उनीहरूलाई सरसफाई, हाइजिन चाहिन्छ । कन्या राशिवालासँग सेक्स गर्नुपूर्व नुहाउन नभुल्नुहोला ।
तुला राशि: बातचित र अन्य कुरामा ध्यान
तुला राशि भएकाहरू सरल र सिर्जनशील प्रेमी हुन् र उनीहरूका लागि सेक्सको अर्थ पार्टनरसँग सुन्दर र सशक्त तरिकाले सम्पर्कमा रहनु तथा आफ्नो इमोसन शेयर गर्नु हो । यस राशिका मानिसलाई आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन आउँछ तर सन्तुष्ट बनाउन सजिलो भने निकै गाह्रो हुन्छ ।
वृश्चिक राशि: धैर्य र बढिया स्वभाव
यस राशिका मानिस निकै संवेदनशील, धैर्य र सन्देहास्पदका साथै आफ्नो पार्टनरलाई लिएर निकै बढिया ठान्ने स्वभावका हुन्छन् । उनीहरूमा सेक्सको भोक सबैभन्दा बढी हुन्छ । यिनीहरूलाई यौनिक रमाइलोमा रुचि हुन्छ र पार्टनरसँग धैर्य र शान्त सेक्स चाहन्छन् ।
धनु राशि: छिटो र तीब्र सेक्स चाहना
धनु राशि भएकाहरू सबैभन्दा ‘एड्भेन्चरस’ हुन्छन् । उनीहरूलाई रुटिन सेक्स वा धीमा गतिको सेक्समा रुचि हुँदैन । यिनीहरू अत्यन्त छिटो र तीब्र सेक्समा मजा मान्छन् । यिनीहरू अत्यन्त पारदर्शी पनि हुन्छन्, जस्ता छन्, त्यस्तै देखिन्छन् । यिनीहरूलाई सेक्समा पनि नयाँनयाँ प्रयोग गर्न रुचि हुन्छ ।
मकर राशि: नयाँ प्रयोगमा रुचि
यस राशिका मानिस सेक्सअघि जति नै योजना बनाए पनि यिनीहरूलाई सेक्समा नयाँ प्रयोग गर्न मनपर्छ । साथै यस राशिका मानिस सेक्स गर्नुअघि राम्रो किसिमले पार्टनरबारे जान्न र सहज सम्पर्क स्थापित गर्न रुचाउँछन् । यिनीहरू परंपरागत सेक्स मनपराउँछन् ।
कुम्भ राशि: अप्रत्यासित प्रेमी
कुम्भ राशि भएकहरू निकै उत्साहित र अप्रत्यासित प्रेमी हुन्छन् तर सधैँ आफ्नो पार्टनरप्रति निष्ठावान् र विश्वासी बनिरहन्छन् । यस राशिका मानिस पनि सेक्समा नयाँ प्रयोग गर्न रुचाउँछन् । यसका लागि उनीहरू ‘वाइल्ड’ तथा ‘फ्रि स्पिरेटेड’ सेक्समा रुचि राख्छन् ।
मीन: संवेदनशील प्रेमी
मीन राशिका मानिस संवेदनशील प्रेमी हुन् । यिनीहरूलाई आफ्नो पार्टनरलाई खुसी बनाउन मनपर्छ । यस राशिका मानिस रमाइला र मोहक हुन्छन् तथा यिनलाई उत्तेजक सेक्समा मजा आउँछ ।