एजेन्सी । मिर्गौलामा हुने पत्थरी स्टोन लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
खान नहुने
-पालुङ्गो साग ,टमाटर
-अमला ,काजु
-काँक्रो ,काउली
-फर्सी ,च्याउ, भण्टा
खान हुने
-नरीवलको पानी,मकै
-जौ ,भूइकटहरको जूस
-केरा,कागति ,बदाम
-गाजर ,चना ,करेला
-गहतको दाल
लक्षणहरु
मिर्गौलामा बनेको पत्थरी टुक्रिएर साँघुरो पिसाब नलीमा आइपुग्दा असह्य पीडा हुन्छ। पत्थर सर्दै पिसाब थैलीमा पुग्दा क्षण–क्षणमा पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने हुन्छ।
मिर्गौलामा पत्थरी हुँदा एकापट्टिको मिर्गौलामा वा पछाडि एक्कासी पीडा हुने, पिसाबमा रगत देखिने, वाक्वाकी–रिंगटा लाग्ने, उल्टी आउने आदि हुन्छ। ढाड, मिर्गौलाको वरिपरि र तल्लो पेट पनि साह्रै दुख्छ। पत्थरीको कारणले पिसाब नलीको संक्रमण हुन गई कामज्वरो आउने पनि हुन सक्छ।
यस्तो समस्या भएमा तुरुन्तै उपचारमा जुट्नुपर्छ। डाक्टरले पत्थरको संख्या, प्रकृति तथा अवस्थिति हेरेर उपचार विधि तय गर्छन्। उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थर ठूलो रहेछ भने शल्यक्रिया नै गर्नुपर्छ। ६ मिलिमिटर भन्दा साना पत्थरहरूलाई प्रशस्त पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ। औषधि सेवनबाट यो समस्याको स्थायी समाधान हुँदैन।
-ढाड पछाडि दुख्नु,
-लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।
-पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,
-पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनु,
-हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।
-बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन्।