काठमाडौं । खाना खाएपछि मानिसहरुलाई अक्सर डकार आउने गर्दछ । डकार लिनाले पेटमा जम्मा भएको हावा बाहिर निस्कने गर्दछ । यस्तो डकार सामान्य हुदाँसम्म हामीलाई खासै समस्या हुँदैन । तर जब पेटबाट अमिलो डकार निस्किएमा भने धेरैलाई तनाव हुने गर्छ । आखिर किन आउँछ अमिलो डकार ?
चिकित्सकहरुका अनुसार ग्याष्ट्रिकको समस्या भएमा पनि अमिलो डकार निस्कने गर्दछ । जुन प्राय खाना खानु अघि वा खाना खाएपछि निस्कने गर्दछ । अपचका कारण पनि धेरैलाई अमिलो डकार आउने गर्दछ । विशेषगरी चिल्लो, पिरो वा अमिलो खानेकुरा, चिसो पेय पदार्थको अधिक सेवन तथा मदिराको सेवनका कारण पनि यो समस्या हुने गर्छ । यो समस्या भएमा पेट फुल्ने, पेट दुख्ने, घाँटी तथा पेटमा जलन वा उल्टी हुने गर्दछ ।
यस्तो समस्या प्राय ग्याष्ट्रिकका कारणले हुने हुदाँ मानिसहरु अक्सर घरेलु औषधीको प्रयोगद्धारा नै यसकेा उपचार गर्दछन् । साथै, भोक लागे अनुसार उचित मात्रामा खानाको सेवन गरे, चिल्लो पिरो तथा अमिलो खानेकुरा खानबाट जोगिएर तथा कैफिन तथा मदिरापान नगरेर पनि यो समस्याबाट जोगिन सकिन्छ । साथै, सक्रिय जीवनशैली अपनाएर पनि यो समस्याबाट बच्न सकिन्छ ।
अमिलो डकार आउनुका लक्षण
अमिलो पानी वा डकार आउनु आफैमा अपच, ग्याष्ट्रिक वा पेटसित सम्बन्धि रोगहरुको संकेत हो । यसको लक्षण सबैभन्दा पहिले शरीरको माथिल्लो पाचन तन्त्रमा देखिने गर्दछ । जुन यसप्रकार छ:
पेट दुख्ने
पेट गडगडाउने/कराउने
पेटको अल्सर
कब्जियत
वाकवाकी लाग्ने
कारणहरु
-केही औषधी
-तनाव
-भोकै बस्ने
-अत्याधिक चिन्ता
-अनियमित व्यायाम
-आवश्यकता भन्दा बढी मात्रामा खाना
-छिटो छिटो खाने बानी
-गलत समयको भोजन
-खाना र्खा लगत्तै सुत्ने बानी
-चिल्लो, पिरो खानेकुराको सेवन