काठमाडौं । रिस सामान्यतया मानिसको स्वभावको रुपमा लिने गरेको छ । तर रिसलाई कम गराउनु र यसलाई कन्ट्रोलमा राख्नु बुद्धिमानी हुन्छ।
रिसले मानिसको जिवनमा कुनै पनि सकारात्मक प्रभाव पार्न सक्दैन । तर, बढी रिसाउने बानी भने मानिसका लागि सबैभन्दा बढी घातक साबित हुन्छ । एउटा उखान छ– ‘रिसले आफैँलाई खान्छ ।’ त्यसैले यो सत्य हो कि रिसले जिन्दगी बर्बाद त पार्छ नै, मृत्युको मुखमा समेत पुर्याउन सक्छ।
हृदयाघातको एउटा प्रमुख कारण रिस पनि भएको प्रमाणित भइसकेको छ । विज्ञहरुले गरेको अध्यन अनुसार कसैलाई रिस उठ्दा मात्रै पनि हृदयघात हुन सक्ने सम्भावना हुन्छ । तर रिस उठ्दैमा सबैलाई हृदयघात हुन्छ भन्ने पनि छैन । मुटुसम्बन्धी रोग भएको बिरामीलाई रिस उठेको बेलामा हृदयघात हुने सम्भावना धेरै हुन्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने बानी, उच्च क्लोस्टोर भएका व्यक्तिलाई रिस उठ्यो भने हृदयघात हुने सम्भावना बढी हुन्छ।
तर कहिलेकाहीँ पूर्ण रुपले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुनसक्छ । यो कुरा पत्याउन गाह्रो भए पनि अनुसन्धानले रिसले स्वस्थ व्यक्तिलाई पनि हृदयघात हुन सक्ने प्रमाणित गरेको छ ।
रिस उठने बित्तिकै हाम्रो शरीरमा विभिन्न हर्मोनहरु उत्पादन हुन्छन् । रिस उठदा हामी आफैलाई पनि हाम्रो शरीरमा केही फरक भएको महसुस हुन्छ । पसिना आउँने, हात खुट्टा काप्ने हुन्छ, त्यो हर्मोनहरु परिवर्तनको कारणले भएको हो । हर्मोनहरुको स्तर बढ्यो भने ब्लड पेसर बढ्नुका साथै मुटुको रक्तनलीहरु साधुरो हुन्छन् ।
रक्तनली साघुरो बन्न साथ क्लटीङटेण्डेसी पनि बढाउँछ । त्यसपछि रिसले रक्तको प्रवाहमा समस्या आउन थाल्छ । मुटुको रक्तनलीहरुमा कोलेस्ट्रोल विभिन्न तहमा जमेर बसेको हुन्छ । वैज्ञानीक भाषामा यसलाई प्ल्याक भन्छौँ । रिसको परिणामस्वरुप त्यो प्ल्याक रप्चर हुन्छ । रप्चर भएपछि त्यो क्लट भएर जम्न पुग्छ । यसै त रिसको कारणले क्लटिङटेण्डेसी बढेको हुन्छ । क्लट बने पछि मुटुको रक्तनली बन्द हुन्छ र हृदयघात हुन्छ ।
सबै व्यक्तिमा कोलेस्ट्रोर लेयर मुटुमा हुन्छ । यो फुट्न समय लाग्दैन । एउटा सानो घटना, एउटा नकरात्मक निर्णय र एउटा नकरात्मक कार्यक्रम अर्थात रिसले तपाईंको जिन्दगी बर्बाद हुनसक्छ ।