एजेन्सी । रुनुलाई कमजोरीको प्रतीक मान्ने गरिन्छ । तर, अनुसन्धानकर्ताहरुले रुनु कमजोरी नभएर स्वास्थको लागि राम्रो भएको बताएका छन् । भईरहेको सम्बन्ध बिछोड हुँदा र कामको बोझका कारण हामीलाई रुन मन लाग्छ ।
फिल्म हेर्दा होस् वा त कसैको दुःखको जीवन देखेर नै किन नहोस् हाम्रो आँखाबाट आँशुका भेल बग्न थाल्छन् । हामीलाई लाग्छ, रुँदा आखिर के फाइदा हुन्छ र ? तर रुनु स्वास्थ्यका लागि वरदान हुने कुरा अनुसन्धान कर्ताहरुले बताएका छन् ।
वर्षदिनमा एक व्यक्तिले ३० ग्यालोनसम्म आँशु उत्पादन गर्न सक्छ । चाहे खुसीको क्षणमा होस् या दुःखको क्षणमा होस् आँशुहरु हाम्रो आँखाबाट झर्ने गर्छन् । भावानात्मक रुपमा को कस्तो छ भनेर पनि आँशुहरूबाट थाहा पाउँन सकिन्छ ।
स्यारोन मार्टिन, साइकोथेरापिष्टका अनुसार रुनुका धेरै फाइदाहरु रहेका छन् । त्यसैले उनले मानिसहरुलाई रुनका लागि प्रोत्साहन गर्छन् । यसले शरीरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्ने उनी बताउँछन् ।
उनी भन्छन् ”मानिसहरु पब्लिक क्षेत्रमा रुन अप्ठेरो मान्छन्, तर जति खुल्ला रुपमा रुन सक्यो त्यति स्वस्थ हुन र शरिरमा फुर्ति थपिनमा मद्दत पुग्छ ।”
१. रुदा टोक्सिन्स उत्पादन हुन्छ
धेरै पीडा भएपछि पश्चात मानिस रुने गर्छ । त्यसबाट विभिन्न केमिकल शरिरमा उत्पादन हुने गर्छन् जसका कारण पीडा कम हुन्छ ।
प्रोटिन प्रोल्याक्टिन, एड्रिनोकोरटिकोट्रोफिक हर्मन, इण्डोरफिन लेउसिन–इन्केफेलिन जस्ता तत्वहरु रोइरहेको अवस्थामा प्राप्त हुने गर्छन् । यी तत्वहरुका कारण मानिसले पीडा कम भएको महसुस गर्न सक्छ ।
२. रुदा ब्याकटेरिया मर्छन्
रुवाइले ब्याकटेरिहरु मरेर जान्छन् । रोएको आँशुबाट फ्लुड लिसोजाइम उत्पादन हुन्छ । यो मानिस दूध, सेमन, म्युकस र स्यालिभामा पनि पाइइन्छ ।
रुवाइले ५ देखि १० मिनेटको बीचमा ९० देखि ९५ प्रतिशत ब्याकटेरिया मार्ने गर्छ । सन् २०११ मा प्रकाशित फुड माइक्रोबाइलोजीमा यस कुराको उल्लेख गरिएको थियो ।
३. रुदा आखाँको दृश्य मजबुत हुन्छ
आँशु ल्याक्रीम ग्ल्याण्डबाट निर्माण हुन्छ । आखाँमा यसले लुब्रिकेन्टको काम गर्छ । जब आँखामा डिहाइड्रेसन हुन्छ तब आँखाले धमिलो देख्न थाल्छ ।
आँसुले आँखा पखाल्नका साथै आइबल र आइलिड सफा गर्ने काम गर्छ । नेशनल आर्इ इन्स्टिच्युटका अनुसार रुनाले विभिन्न म्युकस मेमब्रेन्सको डिहाइड्रेसन समस्या पनि हल गर्छ ।
४. रुदा राम्रो मुड बनाउन मद्दत पुग्छ
सन् २००८ मा साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनमा रुनाले राम्रो मुड बनाउने निष्कर्ष निकालेको थियो।
रुवाइले अध्ययनमा ९० प्रतिशत रोएका व्यक्तिहरुको मुडमा परिवर्तन ल्याउन सफल भएको थियो भने १० प्रतिशतमा नकारात्मक प्रभाव देखिएको थियो ।
५. रुदा तनावबाट मुक्त भइन्छ
रुदा शरीरमा रहेको नकारात्मक सोचलाई हट्नुकासाथै सकारात्मक शक्ति आउँछ। जति खुल्ला रुपमा रुन सक्यो त्यति स्वस्थ भइने र शरिरमा स्फुर्ति थपिन्छ ।