काठमाडौं । सिधे नुनको बारेमा कमैलाई मात्र थाहाँ होला, सिधे नुनको सेवन गर्नाले हाम्रो शरिरलाई धेरै फाइदा गर्छ । सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो । यसमा ६५ प्रतिशत खनिज पाइन्छ ।आयोडिनयुक्त नुन जस्तै सिधे नुन धेरैजसो व्रत बस्नेक्रममा प्रयोग हुनेगर्छ । यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ ।
सिधे नुनका यस्ता छन् फाइदा
– उच्च रक्तचाप नियन्त्रित हुन्छ
– मुटुका रोगहरुबाट बचाउँछ
– पाचन र तौल घटाउनका सहयोग पुर्याउने
– यसले पाचन रस बनाउने हुनाले कब्जियतबाट राहत पाउन मद्दत पुर्याउँछ
– कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्याउँछ
– शरीरमा सेरोटोनिन र मेलाटोनिन हर्मोनको स्तर कायम गर्छ, तनाव कम गर्छ
– मांसपेशी दुखाई वा हड्डीहरूसम्बन्धी कुनै समस्या कम गर्छ
– हृदयघातको सम्भावना कम गर्छ
– शरीरमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेह हुनबाट बचाउँछ
– छाला र दन्त रोगहरूमा फाइदाजनक