काठमाडौं । भोजपुरबाट निर्वाचित नेकपा माओवादीका सांसद सुदन किराती मन्त्री हुने भएपछि उनले बुवालाई सुनाए- बुवा म त मन्त्री हुने भएँ नि । उमेरले बुढ्यौलीतिर ढल्कँदै गरेका सुदनले बिरामी बुवालाई मन्त्री हुने कुरा सुनाउँदा खासै पत्याएनन् ।
सुदनका बुवाले फेरि सोधे- हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ? सुदनले जवाफ दिए- 'हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान ।)'
उनका बुवाले सुदनलाई सोधे मन्त्री चैँ कसरी भइस् ? कसले गर्दा भइस् ? सुदनले जवाफ दिए- 'पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।'
त्यसपछि सुदनका बुवाले सम्झिए- माओवादी जनयुद्ध । सुदनलाई उनले भने- राम राम राम ! म उहिले फोक्लेण्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !' सुदनले जवाफ दिइ हाले- 'म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ...।'
'हाम्रो बंशमा वडाध्यक्षसम्म कोहि भएनौं राम्रो गर्नु' सुदनलाई बुवाले भने । र, सुदनले भने 'पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए ...।
उनीहरूको कुराकानी यत्तिकै सकिएन् । सुदनले स्वर्गीय आमालाई सम्झिए । आमालाई सम्झिएपछि उनका बुवाले सुदनलाई भने- 'म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ...!'
त्यसपछि सुदनले सम्झिए 'बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक ।'